पत्रकार ओम हमाल सर्वाेच्चबाट रिहा

भदौ २४, २०७६

काठमाडौं – पत्रकार ओम हमाल रिहा भएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा निकट जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य रहेका उनलाई सर्वोच्च अदालतको आदेशमा मंगलवार रिहा गरिएको हो । 


ADVERTISEMENT

जनपत्रकार संगठनका महासचिव हिम विष्टले हमाललाई सर्वोच्चका न्यायाधीशद्वय डम्बर श्रेष्ठ र ईश्वरीप्रकाश खतिवडाको इजलाशले रिहा गर्ने आदेश दिएको बताए ।

जनपत्रकार संगठनकी सदस्य समेत रहेकी हमालकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको छ ।

जनसञ्चार डटकमका सम्पादक समेत रहेका हमाल भदौ ६ गते पोखराबाट पक्राउ परेका थिए । उनका रिहाइका लागि पत्रकार संघ संगठनले माग गर्दै आएका थिए ।

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस