जब पण्डितले फिल्मका गीत गाएर विवाह गराए

भदौ २४, २०७६

एजेन्सी- विवाह गर्दा हामीले बिभिन्न वाचा कसमहरु खाएको देखेका नै छौँ ।

पण्डितहरुले पनि बिभिन्न वेदका मन्त्रहरु उच्चारण गरेर विवाहका वाचा कसमहरु विवाह गर्न लागेका जोडीहरुलाई खुवाएको देखेका छौँ । विधिहरु सक्ने क्रममा लामो समय खर्च हुन्छ ।


ADVERTISEMENT

यहि लामो समयमा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्याे भने विवाहमा छुट्टै रमाइलो हुन्छ । रमाइलो गर्ने क्रममै भारतमा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जस्ले अहिलेको सामाजिक सञ्जाल तातिएको छ । भारतमा विवाह गर्दै गर्दा पण्डितले दुलहा दुलहीलाई वाचा खुवाउने क्रममा हिन्दी गीत गाएका छन् । 

आजको मोर्डन जमानामा पण्डितहरु पनि यति छिटो समय अनुसार परिवर्तन भएको कुरा हाम्रो सोच भन्दा पनि टाढा छ । तर भर्खरै मात्र भारतमा घटेको यो घटनामा पण्डितले विवाह गराउने नौलो तरिका अपनाएका छन् ।

सावित्री ओरारा र राहुल गुरनानीको विवाहमा पण्डितले मन्त्र पढ्नुको साटो बलिउडका गानाहरु गाएर विवाह गराएका छन् । त्यसपछि विवाहमा आएका जन्तहिरुले पनि उनले गाइरहेको गानामा स्वरमा स्वर मिसाए ।

बेहुलाले आफ्नो विवाहको भिडियो शेयर गरे । त्यस भिडियोमा पण्डितले उपस्थितहरुलाई हिन्दीमा मन्त्र पढौँ कि, ‘फेरी दिलवाले दुल्हनिया ले जाएँगे, तुझे देखा तो ये जाना सनम..( शाहरुख खान र काजोल) को गीत गाउँ भनेर सोधेको देखिन्छ ।

भिडियोमा विवाहित जोडिले पनि पण्डितले गाइरहेको गानाको मज्जा लिइरहेको देखिन्छ ।  

नयाँ तरिकाले विवाह गराएका पण्डितको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।  
 

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस