नगरपालिकाले दिने भयो सुत्केरीलाई एम्बुलेन्स भाडा

भदौ २५, २०७६

सिन्धुपाल्चोक–मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रबिसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ ।

 समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोही पनि सुत्केरी महिलाले ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो ।


ADVERTISEMENT

नगरपालिकाको आकस्मिक कोषबाट एम्बुलेन्स भाडावापतको रकम उपलब्ध गराइने नगरपालिले जनाएको छ । समयमै स्वास्थ्य केन्द्रमा पुग्न नसक्दा कयौँले ज्यान गुमाउने गरेकाले त्यसो नहोस् भनेर एम्बुलेन्सको भाडा उपलब्ध गराउने निर्णय गरिएको बताइएको छ । नगरपालिकाका अनुसार बाह्रबिसेदेखि धुलिखेलसम्मका लागि एम्बुलेन्स भाडावापत रु चार हजार उपलब्ध गराइने छ । बाह्रविसेदेखि काठमाडौँ पु¥याउनुपर्ने सुत्केरीलाई रु पाँच हजारका दरले एम्बुलेन्स भाडा प्रदान गरिनेछ । 
 

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस