हिमालयन बैंक 'टीएफपी अवार्ड २०१९' बाट सम्मानित

भदौ २६, २०७६

काठमाडौं– एशियाली विकास बैंक (एडीबी)ले हिमालयन बैंक लिमिटेडलाई 'टीएफपी अवार्ड २०१९– लीडीङ पार्टनर बैंक इन नेपाल' प्रदान गरेको छ । सिंगापुरमा आयोजित एडीबी ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका महाप्रबन्धक श्री सुशिल जोशी र मुख्य प्रबन्धक श्री सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरे ।

बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो । 


ADVERTISEMENT

बैंकले यस पटक समेत तेश्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस