कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
अत्तरिया – कैलालीको धनगढी–खुटिया सडक अलपत्र अवस्थामा पुगेको छ । प्रदेश सरकारबाट सङ्घ मातहत लिइएको सडक कहिले निर्माण हुने हो भन्ने टुङ्गो नलाग्दा अलपत्र परेको हो ।
धनगढीदेखि खुटियासम्मको १० किलोमिटर सडक निर्माण नहुँदा सो बाटो हुँदै यात्रा गर्ने यात्रु मारमा परेका छन् । केन्द्र सरकारको मातहत रहेको सडक केही समय पहिले प्रदेश मातहतमा थियो ।
प्रदेश सरकारले सो सडक बनाउने पहल नगरेपछि फेरि सङ्घ सरकार अन्तर्गत राखिएको छ । विसं २०६४ मा धनगढी खुटियासम्म १० किलोमिटर सडक कालोपत्र गरिएको थियो ।
कालोपत्र गरेको वर्ष दिन नपुग्दै भत्केपछि सडक मर्मत हुन नसक्दा अलपत्र अवस्थामा रहेको धनगढी उपमहानगरपालिका– ११ का हेम विष्टले बताउनुभयो ।
उनका अनुसार १० वर्षदेखि सडकको सामान्य मर्मत पनि हुन सकेको छैन । अहिलेसम्म कुनै पनि निकायले सडक निर्माण कार्यमा चासो नदेखाएको विष्टको भनाइ छ ।
धुलो धुवाँका कारण स्थानीयवासी समेत हैरान हुँदै आएका छन् । सो सडक निर्माणका लागि दबाब दिन पटक–पटक स्थानीय बासिन्दाले आन्दोलन गर्दै आए पनि सडक मर्मतमा कसैले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।
वर्षातमा हिलो तथा हिउँदमा उड्ने धुलो धुवाँका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पर्दै आएको छ । १० वर्ष पहिले पिच बनेको सडकमा ठूलाठूला खाल्डाखुल्डी छन् ।
धनगढी खुटिया सडक निर्माणका लागि वडा कार्यालयबाट पहल भइरहेको धनगढी उपमहानगरपालिका– ११ का वडाध्यक्ष गङ्गाराम रानाले बताए ।
सडकमा स्थानीय तह र प्रदेश सरकारको बजेट पनि पर्याप्त नभएको उनले जानकारी दिए ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...