×

NMB BANK
NIC ASIA

आर्थिक समृद्धिको प्रमुख आधार ऊर्जा : मन्त्री पुन

भदौ २६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं– सरकारले मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेर कानूनी, नीतिगत तथा संरचनागत सुधार गरी लगानीको वातावरण बनाएको भन्दै खुला हृदयसाथ नेपालमा लगानीका लागि वैदेशिक लगानीकर्तालाई आग्रह गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

संयुक्त अरब इमिरेटको अबुधावीमा जारी ‘वल्ड इनर्जी फोरम’ को ऊर्जा मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा लगानीका लागि खुला हृदयसाथ आउन आग्रह गरे।उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको तथ्याङ्क पेश गर्दै पाँच हजार मेगावाट विद्युत् निर्यातका लागि छुट्याइएको समेत उल्लेख गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको कूल ऊर्जा खपतको ८० प्रतिशत ऊर्जा परम्परागत बायोमास तथा पेट्रोलियम पदार्थ जस्ता प्रणालीमा नै रहेको भन्दै उनलेदेशभित्रै पनि जलविद्युत् र नवीकरणीय ऊर्जा खपतका लागि प्रशस्त आधार रहेको बताए।


Advertisment
Nabil box
Kumari

उनले जलविद्युत् र नवीकरणीय ऊर्जा सात प्रतिशतमात्रै उपभोग भइरहेको भन्दै त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने योजनामा आफूहरु रहेको प्रष्ट पारे। हालसम्म ८८ प्रतिशत जनसङ्ख्या ग्रिड र अफग्रिडका माध्यमबाट विद्युतीय पहुँचमा पुगेको र विद्युत्को प्रतिव्यक्ति उपभोग २४५ किलोवाट प्रतिघण्टा रहेको उल्लेख गर्दै मन्त्री पुनले भने, “हामीले प्रसारण र वितरण प्रणालीलाई बढाउँदै र विस्तार गर्दै लगेका छौँ ।”

Vianet communication
Laxmi Bank

उनलेछिमेकी देशसँग पनि बजार पहुँचका लागि सहकार्य गरिरहेको जानकारी गराए। मन्त्री पुनले छिमेकी देश भारतसँग ऊर्जा व्यापार र प्रसारण प्रणाली अन्तर आबद्धता सम्झौता भएको र त्यस्तै प्रकृतिको सम्झौताका लागि चीन र बङ्गलादेशसँग सहमति भएको बताए। 

उनले ऊर्जा क्षेत्रमा अन्तरदेशीय विद्युत् व्यापारका लागि आधारभूत सहमतिमा पुगेको पनि उल्लेख गरे। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका (सार्क) देशसँग ऊर्जा सहयोग तथा आदानप्रदानका लागि ‘फ्रेमवर्क’मा सहमति जुटिसकेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रबीच पनि ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतामा सहमति भइसकेको उनको भनाइ थियो । 

मन्त्री पुनले भने, “नेपाल उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् सहकार्यका लागि तयार छ । सोहीअनुसारको कामसमेत भइरहेको छ ।” वर्तमान सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ सङ्कल्पलाई आत्मसात् गर्दै निश्चित समयभित्र विद्युत् उत्पादनमा कायापलट गर्ने लक्ष्य राखेको तथ्याङ्क पेश गर्दै उनले भने, “आगामी १० वर्षभित्र १५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने र पाँच हजार मेगावाट छिमेकी देशलाई निर्यात गर्ने लक्ष्य राखेका छौँ ।”

ऊर्जा क्षेत्रमा सहकार्य, छिमेकीसँग प्रसारण तथा ग्रिडको सञ्जाल विस्तार जस्ता विषयलाई सरकारले प्रमुख प्राथमिकतामा राखी काम गरिरहेकोसमेत उनले उल्लेख गरे। उनले प्रतिव्यक्ति विद्युत् खपत दरलाई बढाएर एक हजार ५०० किलोवाट प्रतिघण्टा पुर्‍याउने लक्ष्यसाथ काम भइरहेको सो अवसरमा जानकारी गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x