अचानक विस्फोट भएर उछिट्टियो ढोका, पछारिए स्कूटर चालक (भिडियो)

भदौ २६, २०७६

काठमाडौं – खाना पकाउने ग्यासको भण्डारमा विस्फोट भएपछि ढोका उछिट्टिँदा त्यही बाटो भएर स्कूटर गुडाइरहेका व्यक्ति ढोकाले लागेर सडकमा पछारिएका छन् । 

सीसीटीभी फूटेजमा ढोका स्कूटर चालक भएतिर जोडले उफ्रिएको अनि उनलाई स्कूटरबाट लडाएको देखिन्छ । 


ADVERTISEMENT

घटना चीनको चुक्शियोङ शहरमा भएको हो । 

घाइते भएका चालकलाई अस्पताल लगिएको छ । 

उनको अवस्था सामान्य रहेको बताइएको छ । 

भिडियोमा दुई स्कूटर चालकहरू त्यही सडकमा दुई विपरीत दिशामा गइरहेका देखिन्छन् । 

अचानक विस्फोट हुन्छ र आइरहेका स्कूटर चालकलाई ढोकाले हिर्काउँछ । उनी झण्डै अर्को स्कूटर चालकसँग ठोकिन पुग्छन् । 

त्यसरी पछारिएका चालकको घाँटी सडकमा पर्छ र स्कूटरसँगै घिसारिन्छन् । 

स्कूटर विपरीत दिशामा गएर लड्छ अनि चालक अघिल्तिर चिप्लिन्छन् ।

रोकिएपछि ती चालक उठ्छन् र झारझुर गर्छन् ।

अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।

एजेन्सी
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस