×

NMB BANK
NIC ASIA

काष्ठमण्डप पुनःनिर्माण : पुरानै जगमा निर्माण शुरू

भदौ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–गोरखा भूकम्पका कारण जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ ।  स्थानीयवासीले काष्ठमण्डप पुनःनिर्माणको जिम्मा लिएपछि पुनःनिर्माणले गति लिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

जगसहित ढलेको मरु सत्तः  पुरानै जगमा निर्माण शुरू गरिएको हो । पुनःनिर्माणअन्तर्गत हाल भुइँतलाको थाम राख्ने काम सकिएको छ । व्यवस्थापन समितिका अनुसार भुइँतलामा राखिएको चार थाम उठाउने काम सकिएपछि ‘फिनिसिङ’को काम भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको सक्रियतामा सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माण शुरु भएको हो । पुनःनिर्माणका लागि कामपा १९, २०, २३ र २४ वडाका वडाध्यक्षको रोहवरमा पुनःनिर्माण समिति गठन गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

उक्त समिति गठन भएपछि गत वर्ष साउनसम्म पूर्वाधार विकास र जनशक्ति खोज्ने काम सम्पन्न गरी भदौमा निर्माण क्षेत्र सफा गरिएको थियो । भदौमा सफाइ गर्ने काम सकिएपछि  कात्तिक २२ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ‘काष्ठमण्डप निर्माण शुभारम्भ’ पूजा गरेर विधिवत् रूपमा काष्ठमण्डप पुनःनिर्माणको शुरुआत गरिएको थियो । 

Vianet communication
Laxmi Bank

पुनःनिर्माण शुरु भएको करीब १० महिनामा पहिलो तला निर्माणको काम सकिएको हो । काठमाडौँको नामको व्युत्पत्ति काष्ठमण्डप पुरानै शैली  (तीन तल्ला)को बन्नेछ । काष्ठमण्डप १२ औँ शताब्दीमा बनेको विश्वास गरिए पनि बेलायतको दुर्हम विश्वविद्यालय र पुरातत्व विभागको अध्ययनले सातौँ शताब्दीमा निर्माण भएको पत्ता लागेको छ । 

पुरातत्व विभागले जाँच गरेर पुराना सामग्री पुनः प्रयोग गर्न सकिन्छ भनेपछि केही पुराना काठ र इँटा पुनःनिर्माणमा प्रयोग गरिएको छ । पुनःनिर्माण समितिका अनुसार परम्परागत सामाग्री र प्रविधि प्रयोग गरी पुरानै स्वरूपमा ल्याउने गरी काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको छ ।

काष्ठमण्डपको भित्ता निर्माणका लागि काष्ठमण्डपकै पुरानो माटो, धरहरा पुनर्निर्माणका क्रममा निकालिएको माटो र ताहाचलको माटो प्रयोग गरिएको छ । 

प्रदेशसभासमेत रहेका काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक राजेश शाक्यले दुई जिल्लाबाट काठ ल्याइएको जानकारी दिए ।

शुरुवाती चरणमा बर्दिबासबाट काठ ल्याउने योजना भए पनि पछिल्लो समय चितवनबाट समेत आवश्यक मात्रामा काठ ल्याइएको छ । “पुरातत्व विभागअनुसार ३० प्रतिशत पुरानै काठ प्रयोग हुने भन्ने थियो तर प्रयोग गर्दै जाँदा अनुमानितभन्दा धेरै कम मात्रामा काठको पुनः प्रयोग भयो”, उनले भने, “सम्भवतः पुनःनिर्माण सकिँदासम्म १५ प्रतिशत मात्रै पुराना काठको प्रयोग हुने देखिन्छ ।” 

पुनःनिर्माणका लागि नेपाल टिम्बर कर्पोरेशनसँग विभागको अनुमानअनुसार आवश्यक १७ हजार ५८ क्युफिट काठ ल्याउने सम्झौता गरिएको छ । सम्झौतानुसार हालसम्म चार हजार क्युफिट काठ प्रयोग भइसकेको शाक्यले जानकारी दिए। 

काष्ठमण्डपमा प्रयोग हुने ढुङ्गा भक्तपुरबाट ल्याइएको छ भने भक्तपुरकै दक्षिणबाराही इँटा उद्योगमा मौलिक रूपमा तयार पारिएको सादा इँटा पुनःनिर्माणमा प्रयोग गरिएको छ ।  

पुनःनिर्माण समितिका सचिव गौतम श्रेष्ठका अनुसार पहिले काष्ठमण्डपमा ‘ठूलो मा आप्पा’ र ‘सानो मा आप्पा’ गरी दुईथरीका सादा इँटा प्रयोग भएकाले त्यसैअनुसार सादा खालका दुई प्रकारको इँटा प्रयोग गरी काष्ठमण्डपको गारो ठड्याइएको छ । 

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथमा रु १९ करोड ८८ लाखमा निर्माण सकाउने अनुमान कामपाले गरेको थियो । गत असार मसान्तसम्म पुनःनिर्माणका लागि रु तीन  करोड ३६ लाख खर्च भएको सचिव श्रेष्ठले जानकारी दिए। उनका अनुसार हाल दैनिक २०/२५ कामदारले काम गरिरहेका छन् । दैनिक ज्यालादारीमा भक्तपुरका दक्ष कालीगढ पुनःनिर्माणमा खटिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x