दशैंको लागि अग्रिम टिकट बूकिङ खुला, कहिलेबाट पाइन्छ टिकट ?

फाइल फोटो
भदौ २६, २०७६

काठमाडौं– यातायात व्यवसायीले दशैंको लागि अग्रिम टिकट बूकिङ खुला गरेका छन् ।

आगामी असोज ५ गतेबाट सर्वसाधारणले अग्रिम टिकट बूकिङ गर्नेगरी व्यवसायीले बूकिङ खुला गरेका  हुन् ।


ADVERTISEMENT

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बूकिङ खुला गरिएको जानकारी दिए ।

बिहीवार यातायात व्यवस्था विभागसँगको छलफलपछि अग्रिम टिकट बूकिङ खोलिएको सिटौलाले जानकारी दिए ।

‘असोज ५ गतेदेखि अग्रिम टिकट खुला गर्ने निर्णय भएको छ,’ उनले भने, ‘यातायात व्यवस्था विभागसँगको छलफलपछि सो निर्णय गरिएको हो ।’

व्यवसायीले विभागसँग वर्षाले बिग्रेको बाटोघाटो बनाइदिन माग गर्दै आएका थिए । बिग्रेको स्थानमा बाटो बनाउन विभाग सहमत भएपछि अग्रिम टिकट बूकिङ खोल्ने निर्णय गरिएको हो ।

अब सर्वसाधारणले आगामी ५ असोजदेखि दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जानका लागि टिकट बूकिङ गर्न सक्ने छन् ।

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस