×

NMB BANK
NIC ASIA

नेकपा एकताले पायो पूर्णता

भदौ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सुदूरपश्चिम प्रदेशमा पार्टी एकताको कार्यलाई पूर्णता दिएको छ । प्रदेशका नौवटै जिल्लाका ८८ स्थानीय तहमा पार्टी एकताको कार्यलाई प्रदेश कमिटीले टुङ्गो लगाएको पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए। 

Sagarmatha Cement
Muktinath Bank

पार्टी प्रदेश कमिटी बैठकले नगरपालिका, गाउँपालिका र वडाका पदाधिकारी चयन गरेको हो । अध्यक्ष थापाले भने, “असोज १५ गते शपथ हुन्छ, सबै जिल्ला र तहगत कमिटीलाई कार्यालय र सचिवालय गठनको सकुर्लर जारी भइसकेको छ ।” जिल्ला, वडा, टोल, शाखा र सेल कमिटी कार्यालयमा रहने व्यक्तिको सङ्ख्या मापदण्ड बैठकले तय गरेको छ । कात्तिक पहिलोसाता स्थानीय तहका जनप्रतिनिधिलाई प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बैठकले निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साम्प्रदायिक विद्वेष फैलाउने र जनताको एकतालाई विखण्डन गर्ने किसिमका कुनै पनि कार्यमा पार्टीका कार्यकर्ता सङ्लग्न नहुन बैठकले निर्णय गरेको छ । पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा एक अर्काप्रति सार्वजनिक रुपमा अमर्यादित, अस्वस्थ्य र तथ्यहित टीकाटिप्पणी गर्न निषेध गरिएको छ ।  


Advertisment
Nabil box
Kumari

विधिसम्मत कमिटीका निर्णय र सहमतिभन्दा छुट्टै कुनै समूहगत भेला तथा बैठक कसैले नगर्ने र त्यस्ता कार्य गरिएमा कारवाही हुनसक्ने अध्यक्ष थापाले बताए । उनले भने, “सबै तहका नेता, कार्यकर्ता र सदस्य एक भई सक्रियतासाथ पार्टीको कार्यमा अगाडि बढ्न आह्वान गरेका छौँ ।” बैठकमा भएका निर्णय शुक्रबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x