कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मिक्लाजुङ– गत वर्षको तुलनामा यस वर्ष उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक खुशी भएका छन् । गत वर्ष प्रति मन अदुवाको मूल्य रु एक हजारदेखि पन्ध्र सयको हाराहारीमा भएकोमा यस वर्ष बढेर रु ६ हजार पुगेको छ ।
उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएकाले झण्डै चार गुणा मूल्य वृद्धि भएपछि किसान उत्साहित बनेका हुन् । अघिल्लो वर्ष निकासीमा भारतले अवरोध गरेपछि उत्पादित अदुवा निर्यात गर्न निकै समस्या भएको थियो । लगानी नउठेको भन्दै व्यावसायिक खेती गरिरहेका अधिकांश कृषकले यो वर्ष अदुवाखेती गरेका थिएनन् ।
अदुवाको उत्पादनमा ५० प्रतिशतले कमी आएपछि मूल्य भने चार गुणाले बढेको हो । उत्पादन कम हुनु र भारत निकासीमा सहज हुनुले अदुवाको भाउ राम्रो आएको अदुवा व्यापारी ढकेन्द्र भट्टराईको भनाइ छ । फागुन, चैत महीनामा रोपिएको अदुवा अहिले फलिसकेको छ । पहिले रोपिएको अदुवा झिकेर पुनः प्रयोग गर्न सकिने भएकाले यसबाट खासै नोक्सानी बेहोर्नु नपर्ने कृषकको भनाइ छ ।
गाउँका स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । पाँचथर मिक्लाजुङ–२ का कृषक भक्त चुहानले भने, “विगतका वर्षमा अदुवाको भाउ नआएपछि कमै कृषकले मात्रै अदुवा रोपेका थिए, तर उत्पादन भएको हुँदा र भारत निकासीमा सहज भएकााले होला गत वर्षभन्दा चार गुणा बढी भाउ आयो, अत्यन्तै हर्षित छौँ ।”
विगत वर्षदेखि नै पाँचथरको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । अदुवाबाट मसला, सुठो, सेन्ट, जाम, क्यान्डी, स्याम्पुलगायत बनाउन सकिन्छ । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ, धनकुटामा व्यावसायिक अदुवाखेती हुने गरेको छ ।
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...