×

NMB BANK
NIC ASIA

बुटवल – अपाङ्गता एक प्रकारको अवरोध हो । यसलाई पन्छाउँदै अगाडि बढ्न सके अपाङ्गता भएका व्यक्ति पनि अन्य मानिस सरह जुनसुकै ठाउँमा पुगेर सफलता प्राप्त गर्न पछि पर्दैनन् ।

Sagarmatha Cement
Muktinath Bank

मानिसमा आँट र चाहना भए शारीरिक अपाङ्गताले पनि रोक्न नसक्दो रहेछ । अपाङ्गतालाई चिर्दै सफलता चुम्ने मध्येका एक हुन् गोर्खाका रमेश पोखरेल ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेत्रहीन संघका केन्द्रीय अध्यक्ष पोखरेल गोर्खा नगरपालिका–४ रिपमा २०३४ सालमा जन्मिँदा नै दृष्टिविहीन भए । परिवार र आफन्त कसैमा नभएको दृष्टिविहीनता उनको जीवनमा आइपर्‍यो ।


Advertisment
Nabil box
Kumari

बालापनका १५ वर्ष उनले घरकै आगनपिँढीमा परिवारको सहारामा बिताए । गाउँका १ जना छिमेकी बुवाले दृष्टिविहीनलाई कास्कीको पोखरास्थित १ विद्यालयमा पढाइ हुन्छ भन्ने जानकारी दिए ।

Vianet communication
Laxmi Bank

त्यसपछि उनलाई १६ वर्षको उमेरमा दाइ हरिरामको सहयोगमा पोखरास्थित अमरसिंह माविमा १ कक्षामा भर्ना गरियो । गाउँमा हातले छामेका कोदो र तोरीका गेडाजस्ता ब्रेललिपिका अक्षर छामेर पढ्दा उनलाई शुरूका केही दिन पढ्न सकिँदैन जस्तो लाग्यो । सँगै स्कूलमै पढ्ने अन्य दृष्टिविहीन साथी पढ्दै गए, सकिन्छ भन्दै उनलाई हौसला दिए ।

पढ्न शुरू गरेको ३ महिनामा उनी पढ्न लेख्न जान्ने भए । उनको पढाइमा निखारता आउँदै गयो । पढाइमा अब्बल बन्दै गएपछि उनी पहिलो वर्षमा ५ कक्षामा पढ्न पाउने भए । ५ बाट ६ कक्षामा जाँदा ६५ जना विद्यार्थीमध्ये उनी प्रथम हुन सफल भए । उनी १० कक्षासम्म निरन्तर प्रथम स्थान हाँसिल गर्दै गए ।

२०५३ सालको प्रवेशिका (एसएलसी) परीक्षामा उनले ७० प्रतिशत अंकका साथ एसएलसी उत्तीर्ण गरे । जुन प्रतिशत दृष्टिविहीन विद्यार्थीतर्फ नेपालकै उत्कृष्ट अंक रहेको थियो । धेरै अंकका साथ प्रवेशिका परीक्षा उत्तीर्ण गरेबापत सरकारले उनलाई सम्मान गर्‍यो । तत्कालीन सभामुख रामचन्द्र पौडेलले उनलाई १० हजार रूपैयाँ नगदसहित सम्मान गरेका थिए ।

सम्मानले उनलाई उच्च शिक्षा पढ्ने हौसला मिल्यो । उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा आईएमा नेपाली विषय लिए भर्ना भए । विद्यालय तहसम्म दृष्टिविहीनका लागि पाठ्यपुस्तक पाइएपनि उच्च शिक्षाको लागि पुस्तक पाइएन । उनले कक्षामा शिक्षकले पढाएको सुन्थे र त्यो आवाज रेकर्ड पनि गर्थे । बिहान कलेज जान्थे, दिउँसो पोखराकै एक प्रावि विद्यालयमा पढाउन पनि शुरू गरे उनले । कलेजमै सुनेर रेकर्ड गरेर साथीहरूले पढेको सुनेर उनले पीएन क्याम्पसबाट आईए, बीए र एमए पोखराबाटै उत्तीर्ण गरे ।

पोखरेलले एमएड चाहिँ काठमाडौंस्थित महेन्द्ररत्न क्याम्पस ताहचलबाट उत्तीर्ण गरे । उनी कलेज एक्लै जान्थे, कसैको सहारा चाहिँदैनथ्यो । माइक्रो बसमा चढ्थे, क्याम्पस अगाडि गाडी चालकलाई रोकिदिन भन्ने, झरेर कक्षामा जान्थे ।

अध्ययनसँगै आफूजस्तै दृष्टिविहीनको अध्ययन विकास र अधिकारको क्षेत्रमा जुट्ने संस्था पश्चिमाञ्चल नेत्रहीन संघमा २०५२ सालदेखि नै उनी काम गर्न थालेका थिए । उनले शिक्षक सेवा आयोगको परीक्षा पनि दिएका थिए । आयोगको परीक्षामा उनले नाम निकाल्न समेत सफल भए । उनले आयोगबाट नाम निस्किएपछि कालिका मावि रामबजार पोखरामा पढाउन शुरू गरे ।

‘संघर्ष परिवारबाटै शुरू गर्नुपर्छ । परिवारबाटै अपाङ्गता भएका व्यक्तिलाई अवरोध छ । त्यसपछि सामाजिक अवरोध पन्छाउँदै अगाडि बढ्नुपर्छ । गर्न नसक्ने र पुग्न नसकिने ठाउँ कहीँ छैन,’ पोखरेल भन्छन्, ‘पुरानो धारणा र तगारो पन्छाउँदै अगाडि बढौं सफलता टाढा छैन ।’

उनले क्याम्पस पढ्दै गर्दा उनीजस्तै दृष्टिविहीन सरस्वती आचार्यसँग चिनजान भयो । उनीहरू नजिकिँदै जाँदा माया बस्दै गएपछि दुवैले विवाह गर्ने सोच बनाए । २०५८ सालमा विवाह पनि गरे, हाल १ छोरी स्मारिका छिन् ।

‘भगवानले उनलाई पनि दृष्टिविहीन बनाइदिए,’ पोखरेल भन्छन्, ‘छोरीमा पनि दृष्टिविहीनता देखिएपछि हामी अर्को सन्तान नजन्माउने निचोडमा पुग्यौं । छोरीले एसईई उत्तीर्ण गरेर काठमाडौंस्थित साइपल कलेजमा ‘ए लेवल’ अध्ययन गरिरहेकी छन् ।’ स्मारिकाको एसईईमा जीपीए ३.७ आएको थियो । सरस्वतीले पनि रामेश्वरी मावि मझेरीपाटनमा पढाउँछिन् । 

दृष्टिविहीन पोखरेल परिवारले पोखरामा घर बनाएका छन् । उनी भन्छन्, ‘सानो–सानो दुःखबाट घर बनाएका छौं तर म एमफिल गर्न काठमाडौंमा छु । छोरी कलेज र श्रीमती घर छिन् ।’ पोखरेल दृष्टिविहीन भएपनि उनलाई देश–विदेश घुम्न कसैको सहायता चाहिँदैन । उनी नेपालका ५५ जिल्ला सदरमुकाम पुगेका छन् । उनी कसैको सहारा विनै ५५ जिल्ला पुगेका हुन् ।

उनी ६ विदेशी राष्ट्र पनि एक्लै पुगेका छन् । अस्ट्रेलिया, अमेरिका, स्वीजरल्याण्ड, फ्रान्स, टर्की, साउदी अरब पनि एक्लै पुगेका छन् उनी । ‘विदेशमा नेपाल जस्तो अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक छैन । उनीहरू धेरै सम्मान गर्छन् । सहयोग गर्छन् । नेपालमा अझै पनि अपाङ्गता भएका व्यक्तिलाई नराम्रो दृष्टिले हेरिन्छ । यसलाई परिवर्तन गर्न जरूरी छ,’ उनी भन्छन् ।

राज्यको नीति निर्माण तहमा पुगेर अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्ने इन्छा रहेको उनी बताउँछन् । ‘बेलायतका शिक्षामन्त्री डेबिड ब्लाङ्किट पूर्ण दृष्टिविहीन हुन् । अपाङ्गता भएका केही गर्न सक्दैनन् भन्ने होइन । देश हाँक्न सक्छन् । अन्य व्यक्तिहरूभन्दा कम हुँदैनन् ।’ शारीरिक रुपले अपाङ्गता भएपनि प्रतिभाशाली धेरै कलाकारले समाजमा अलग्गै पहिचान बनाइरहेका छन् । 

सरकारले अपाङ्गताका क्षेत्रमा केही शुरूवात गरेपनि त्यो पर्याप्त नभएको पोखरेलको भनाइ छ । पढ्ने क्षमता र इच्छा हुँदाहुँदै पाठ्यपुस्तक नहुँदा धेरै दृष्टिविहीन उच्च शिक्षा अध्ययनबाट वञ्चित छन् । अब कम्तिमा उच्च शिक्षाका पाठ्यक्रम बनाउनुपर्ने सुझाव पोखरेलको छ । नेत्रहीन संघले गरेको कार्यक्रम र प्रोत्साहनबाट हालसम्म ३ हजार बढी व्यक्तिले एसईई उत्तीर्ण गरिसकेका छन् । ३ सय ५० जना नेत्रहीन स्थायी शिक्षकमा नाम निकाल्न सफल भएका छन् । ५० जनाभन्दा बढीले निजामती क्षेत्रमा प्रवेश गरेका छन् ।

नेपालमा झण्डै १ लाख अपाङ्गता भएका व्यक्ति छन् । अझै पनि हिँड्ने सार्वजनिक सडक, सरकारी कार्यालय अपाङ्गमैत्री छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x