×

NMB BANK
NIC ASIA

वैवाहिक अङ्गीकृत नागरिकताको विषय शीर्ष तहमा

भदौ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा प्रमुख राजनीतिक दलको शीर्ष तहमा सहमतिको आवश्यकता औँल्याएको छ ।
 
समितिको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलले नागरिकता ऐन २०६३ को विद्यमान व्यवस्थाबाट दायाँबायाँ हुन नसक्ने लिखित प्रस्ताव पेश गरेपछि समितिबाट आजै सहमतिका आधारमा विधेयक अघि बढाउने प्रयास विफल भएको थियो । नागरिकतासम्बन्धी विधेयकको खास गरी वैवाहिक अङ्गीकृत नागरिकताप्राप्तिका विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदबीच अन्तिम सययमा आएर मत बाझिएको थियो ।
 
समावादी पार्टी र राष्ट्रिय जनता पार्टीले नेपाली काङ्ग्रेको प्रस्तावप्रति मौन सहमति जनाएका थिए भने नेपाल मजदूर किसान पार्टीले भने मुलुकको सार्वभौम र स्वाधीनताको विषयसँग जोडिएकाले नागरिकतामा कठोर हुनुपर्ने धारणा राख्दै आएको थियो । विधेयकमा सहमति नभएपछि बैठकले प्रमुख दलका शीर्ष नेताबीच छलफल गरी सहमति कायम गर्न समितिमा रहेका सदस्यलाई आआफ्नो पार्टीमा पहल गर्न निर्देशन दिएको छ ।    

Muktinath Bank

बैठकमा सभापति शशि श्रेष्ठले निकै गहनरुपमा लामो समयसम्म विभिन्न कोणबाट छलफल भए पनि अन्तिम समयमा आएर सदस्यबीच सहमति कायम हुन नसकेको घटनाले आफूलाई उद्देलित र भावुक तुल्याएको प्रतिक्रिया दिइन्। उनले भनिन्, “संसद्को यही अधिवेशनमा पेश गर्ने गरी प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच सहमति कायम गरी विधेयकलाई अघि बढाउन सदस्यले भूमिका खेल्नुपर्‍यो, होइन भने यो वा त्यो बाहनामा निर्देशन, आदेश र परिपत्रका आधारमा मुलुक चलाउनुपर्ने अवस्था आउँछ, त्यो हुन दिन हुन्न ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि बैठकमा सदस्य कृष्णगोपाल श्रेष्ठले मुलुकको राष्ट्रियता र स्वाधीनतासँग जोडिएको नागरिकतासम्बन्धी विषय निकै पेचिलो भएकाले सत्तापक्ष र विपक्षका आधारमा नभई सहमतिमा विधेयकलाई अघि बढाउन भूमिका खेल्न आग्रह गरे। सांसद जनार्दन शर्माले प्रमुख प्रतिपक्ष दलले एक वर्षअघि प्रस्तुत गर्नुपर्ने पार्टीको धारणा अन्तिम समयमा प्रस्तुत गरेपछि उत्पन्न परिस्थितिको निकासका लागि शीर्ष तहका नेताबीचमा छलफलको आवश्यकता देखिएको बताए।
 
सांसद झपट रावलले निकै लामो समयदेखि विभिन्न पाटो पक्षबाट गहन छलफल भएको विषयमा समितिका अधिकांश सदस्य अभिमतबाट वञ्चित गर्नु स्वभाविक विषय नभएको टिप्पणी गरे। सांसद रामसहायप्रसाद यादवले नागरिकता जस्तो मुलुकलाई दूरगामी असर पार्ने विषयमा बहुमत र अल्पमतका आधारमा नभई सहमतिकै आधारमा अघि बढ्दा देश र जनताको कल्याण हुने धारणा व्यक्त गरे।
 
सांसद रेखा शर्माले समितिस्तरबाट सहमति कायम हुन नसक्ने भएकाले वैवाहिक अङ्गीकृत नागरिकताका विषयमा उठेको प्रश्न छिटोभन्दा छिटो शीर्षतहमा सहमति कायम गर्न समितिले पहल गर्न आवश्यक रहेको सुझाव दिएका छन् । सांसद राजकिशोर यादवले देशलाई दीर्घकालीन असर पार्ने वर्षौंदेखि बहस हुँदै आएको विषय भएको हुँदा सहमतिका लागि भरपुर प्रयास गर्नुपर्ने भएकाले एकअर्काेमा इगोका रुपमा लिनु नहुनेमा जोड दिए।
 
सांसदले बैठकमा व्यक्त गरेका धारणाका आधारमा वैवाहिक अङ्गीकृत नागरिकता विवाह गरेर आएपछि नेपाली नागरिकता प्राप्त गरेको छ महीनाभित्र आफ्नो जन्म भएको देशमा लिएको नागरिकता त्यागेको निस्सा अनिवार्य पेश गर्नुपर्ने प्रवधानसहितको प्रतिवेदन तयार गरिएको थियो । प्रतिवेदनमा विकल्पका रुपमा अहिले अङ्गीकृत नागरिकता दिए पनि सात वर्षपछि मात्र राजनीतिक अधिकार उपभोग गर्न पाउने तथा राजनीतिकबाहेक सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार उपभोग गर्न मिल्ने तथा सात वर्षसम्मका लागि नागरिकताको विकल्पमा परिचयपत्र दिने व्यवस्था प्रस्ताव गरिएको थियो ।
 
विद्यमान वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाले सीमा क्षेत्रमा दोहोरो नागरिकतासम्बन्धी व्यवस्थाले मुलुकको सुरक्षा र विकासमा चुनौती खडा गरेकाले नागरिकता ऐनमा संशोधनका लागि विधेयक ल्याउनुपरेको गृहमन्त्रालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

वैवाहिक अङ्गीकृत नारिकताप्राप्तिका सम्बन्धमा छिमेकी मुलुकमा भएको व्यवस्थाले विभेद र असमानताको स्थिति सिर्जना गरेकाले पनि समानता हुनुपर्ने आवाज उठेको सरकारको भनाइ छ । नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई भने १५ वर्षमा मात्र नागरिकता प्रदान गर्नुपर्ने प्रावधान राख्नुपर्छ भन्ने विषयमा भने अधिकांश सदस्यबीच सहमति छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x