×

NMB BANK
NIC ASIA

साँफे–मार्तडी राजमार्ग पहिरोले अवरुद्ध

भदौ २८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बाजुरा – जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडक खण्डमा पर्ने बुढीगंगा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ ।

Muktinath Bank

शुक्रवार राति आएको अविरल वर्षाका कारण आएको पहिराले शनिवार बिहान जेसीबी प्रयोग गरी सडक सञ्चालन भएपनि मध्याह्न पुनः २० मिटर लामो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार अम्कोटमा बिहान आएको पहिरो पन्छ्याएको भएपनि एकैचोटी ठूलो पहिरो आएकाले जेसीबीले सम्भव नभएको निमित्त प्रहरी प्रमुख ढुंगानाको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

लगातार पहिरो खस्ने कार्य नरोकिएकाले शनिवारै सडक मर्मत गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए । उनले पानीको अवस्था र पहिरो खस्ने कार्य रोकिएपछि मात्र आइतवार सडक मर्मत गरी पुनः सञ्चालन हुने प्रजिअ न्यौपानेले बताए ।

Vianet communication
Laxmi Bank

सडकमा पटक–पटक पहिरो जान थालेपछि स्थानीयले सास्ती भोग्नुपरेको छ । सडक अवरुद्ध भएको बहाना देखाउँदै यातायात व्यवसायीले चर्काे भाडा असुल्ने भएको बताइएको छ ।

राजमार्गमा सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायातका साधन समेत सञ्चालनमा अवरोध पुगेको यातायात व्यवसायी पृथ्वी रावलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x