×

NMB BANK
NIC ASIA

आक्रमणकारी माथि कारवाही नभए संसद् अवरुद्ध गर्ने देउवाको चेतावनी

भदौ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालालगायतका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाही नभए संसद् अवरुद्ध गर्ने चेतावनी दिनुभएको छ । 
आज नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नु भयो, “सरकारले घटनाका दोषीहरुलाई कानूनी दायरामा नल्याएसम्म आप्mनो दल चुप लागेर बस्दैन ।” बोल्न, भेला हुन पाउने अधिकार कुण्ठित गर्न खोज्नेहरु लोकतान्त्रिक व्यवस्थाका हिमायती हुनै नसक्ने भन्दै सभापति देउवाले त्यस्ता व्यक्तिलाई कसैले काँखी च्याप्छ भने त्यसका विरुद्ध पनि काङ्ग्रेस देशव्यापी विरोधमा उत्रने छ भन्नुभयो । 

Muktinath Bank

उहाँले शान्तिपूर्ण तरिकाले आफ्नो कार्यक्रम गरिरहेका बेला पार्टी सभापतिसहित अन्य नेता कार्यकर्तामाथि आक्रमण हुनु निन्दनीय भएको बताउनुभयो । जनताको जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासन असफल भएको भन्दै सभापति देउवाले भन्नु भयो, “भ्रष्टाचार विरुद्ध बोल्दा काङ्ग्रेसका नेता, कार्यकर्ता कुटिनु लज्जाको विषय हो ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँके पार्टी सभापति कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा जनजागरण कार्यक्रमका केन्द्रीय सदस्य किशोरसिंह राठौर, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायतका स्थानीय नेताहरुले पनि बोल्नुभएको थियो । आजै दिउँसो काङ्ग्रेसले नेपालगन्ज बिपी चोकमा मैनबत्ती बालेर सरकार, सत्तारुढ दल नेकपा र प्रहरी प्रशासन विरुद्ध सांकेतिक विरोध गरेको छ । दिउँसै अन्धकार पारेर जनतामा भ्रम छर्ने तथा राजनीतिक घटनालाई व्यक्तिगत भन्दै आफ्नो अराजक क्रियाकलापको बचाउ गर्नेहरुलाई दिउँसै मैनबत्ती बालेर उज्यालो देखाएको काङ्ग्रेसको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनु भएका बाँके सभापति कोइरालालगायत काङ्ग्रेस कार्यकर्तामाथि नेकपा समर्थितहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेका थिए । 

Vianet communication
Laxmi Bank

आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाच्चिएको छ । यता घटना बारे प्रतिक्रिया जनाउँदै नेकपा बाँकेका अध्यक्ष एवं प्रदेश नं ५ का सांसद आइ.पी. खरेलले भन्नुभयो, “काङ्ग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति नै छैन । काङ्ग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाहरुको व्यक्तिगत विवादले एक्कासी जन्माएको यो दुःखद् घटना मात्र हो । यसलाई अतिरञ्जित बनाइनुहुँदैन ।” 

काङ्ग्रेसले घटनामा संलग्न भनि १० जनाको नामसहितको जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले अहिलेसम्म तीन जनालाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो ।   

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x