चैत २, २०८०
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
भदौ २९, २०७६
काठमाडौं – धनगढीबाट नेपालगञ्ज हुँदै काठमाडौं आउन लागेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई शनिवार धनगढी विमानस्थलमा बुद्ध एयरको विमानभित्रै दुर्व्यवहार गरिएपछि विमानभित्र गरिने झैझगडाको सजायका विषयमा बहस उठ्न थालेको छ ।
आफूलाई भ्रष्टाचारविरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीको समूहले मन्त्री भट्टराईका कारण विमान डिले भएको भन्दै विमानस्थल र विमानभित्रै पनि होहल्ला र हुलहुज्जत गरेका थिए ।
विमानभित्र चर्को स्वरमा बोल्ने, होहल्ला गर्ने, अन्य यात्रु तथा विमान कर्मचारीलाई दुर्व्यवहार गर्ने कामलाई संसारभरिका एयरलाइन्सले अपराधका रूपमा लिने गर्छन् ।
संसारभरिका एयरलाइन्सको छाता संगठन इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) ले दुर्व्यवहार गर्ने यात्रुहरू हवाई सुरक्षाका लागि गम्भीर र वास्तविक खतरा भएको बताएको छ ।
नेपाल लगायत सबै देशको कानूनमा विमानभित्र गरिने असामान्य व्यवहार कसूर ठहरिने व्यवस्था छ । नेपाल नागरिक उड्डयन ऐन, २०७३ को नागरिक उड्डयनको नियमन तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा ‘वायुयानमा यात्रुबाट हुने अवांछित व्यवहारजन्य कसुर’ को व्यवस्था गरिएको छ ।
उक्त व्यवस्थामा उल्लेख गरिएबमोजिम, ‘उडानमा रहेको वायुयानमा कुनै यात्रुले वायुयानमा सवार चालकदलका सदस्य वा अन्य यात्रु माथि हातपात वा दुर्व्यवहार गरेमा वा वायुयानका यन्त्र, उपकरण वा सरसामानमा हानि नोक्सानी पुर्याउने कार्य गरेमा वा वायुयानभित्रको शान्ति सुव्यवस्थाका साथै उडान सुरक्षामा समेत खलल पुग्ने अन्य कुनै किसिमको कार्य गरेमा अवांछित व्यवहार गरेको कसूर मानिनेछ र यस्तो कसुर गर्नेलाई रु. दश हजारदेखि एक लाख रुपैयाँसम्म जरीवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’
शनिवार बुद्ध एयरको विमानमा मन्त्री भट्टराईमाथि गरिएको दुर्व्यवहारले ‘वायुयानभित्रको शान्ति सुव्यवस्था’ खल्बल्याएको देखिन्छ । मन्त्री भट्टराईमाथि दुर्व्यवहार गरिँदा अन्य यात्रु तथा विमान कर्मचारीमा त्रास फैलिएको थियो । त्यसैले दुर्व्यवहार गर्ने यात्रुहरूमाथि कानूनी कारवाही चलाउनुपर्ने देखिन्छ ।
यात्रुले गर्ने दुर्व्यवहार रोक्ने जिम्मेवारी विमान कर्मचारीको हुन्छ । त्यसैले उनीहरू यात्रु विमान चढ्न लाग्दा स्वागत गर्न उभिरहेको बेलामा को यात्रु कस्तो अवस्थामा छ भनेर पनि जाँचिरहेका हुन्छन् । जस्तो रक्सी पिएर आएको यात्रुको सास गनाएको जस्तो लागेमा विमान कर्मचारीले त्यसको सूचना पाइलटलाई दिएका हुन्छन् । रक्सी पिएको मानिसले झगडा गर्ने सम्भावना हुन्छ ।
तर शनिवारको घटनामा मदिराको संलग्नता थिएन र यस्तो घटनाको पूर्वानुमान गर्न विमान कर्मचारीहरूलाई गाह्रो हुन्छ ।
अनायास आइलाग्ने यस्तो परिस्थितिले उडानको सुरक्षामा नै प्रश्न उठाउने हुनाले पनि विमानभित्र गरिने दुर्व्यवहारलाई गम्भीर कसूरका रूपमा लिने गरिएको हो ।
मन्त्री भट्टराई स्वयंले आफ्ना कारण विमान उड्न केही ढिला भएको स्वीकार्दै सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेका छन् ।
विदेशमा मन्त्रीहरूले पनि यस्ता कमजोरीमा राजीनामा समेत दिएको उदाहरण छ ।
केही समयअघि मेक्सिकोकी वातावरण तथा प्राकृतिक स्रोतमन्त्री जोसेफा गोन्जालेज ब्लान्को ओर्टिज मिनाले आफ्ना कारण आधा घण्टा प्लेन डिले भएको भन्दै राजीनामा दिएकी थिइन् ।
पढ्नुहोस्, यो पनि :
योगेशविरुद्ध होहल्लापछि प्रधानमन्त्रीका सल्लाहकारले लेखे: बताउँछौं नि पञ्चायत कस्तो हुन्थ्यो !
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...