सुनको मूल्य निरन्तर घट्दै, आज कति छ ?

भदौ २९, २०७६

काठमाडौं- पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आइतवार पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ ।


ADVERTISEMENT

आइतवार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रवार छापावाला सुन प्रतितोला ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कायम भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । सुन भदौ २६ र २७ गते प्रतितोला २००/२०० रुपैयाँले घटेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ३० ले घटेर प्रतितोला ८४० पुगेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदी प्रतितोला ८७० मा खरीद–बिक्री भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । आज विश्वबजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ४९०.५५ अमेरिकी डलरमा झरेको छ । यसअघि सुनको मूल्य प्रतिऔंस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।

भदौ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस