संसदमा गृहमन्त्रीको जवाफ– बाँके घटनामा ३ जना पक्राउ परे, दोषीमाथि कारवाही हुन्छ

फाइल तश्वीर
भदौ २९, २०७६

काठमाडौं–गृहमन्त्री रामबहादुर थापा बादलले बाँकेको खजुरामा नेपाली कांग्रेसको जनजागरण अभियान अन्तरगत भदौ २६ गते भएकोघटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर कारवाही शुरू भएको बताएका छन् । 

आइतवार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले जवाफ मागेपछि सभामुखसँग समय लिएर जानकारी दिँदै गृहमन्त्री थापाले घटनामा संलग्न भनिएका निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बताएका हुन् । 


ADVERTISEMENT

राजनीतिक दलको कार्यक्रमलाई सुरक्षा दिन तथा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सरकार तयार रहेको उनले बताए । ‘दोषीमाथि कारवाही होस् भन्नेमा सरकार गम्भीर छ, यसलाई राजनीतिकरण नगरौं,’ मन्त्री थापाले भने । 

मन्त्री थापाको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरूले आपत्ति जनाएका छन । ‘गृहमन्त्रीले राजनीतिकरण नगर्न सुझाव दिनुभएको छ, सरकाररले राजनीतिकरण गर्न खोजेको हाम्रो आरोप छ,’ कांग्रेस प्रमुखसचेतक बालकृष्ण खाणले गृहमन्त्रीलाई प्रतिपश्न गरे, ‘पार्टीका जिल्ला सभापतिको हात भाचिने गरी आक्रमण भएकोमा सरकार किन गम्भीर भएन ?’
 

भदौ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस