बैंकबाट निकालेको ५ लाख रुपैयाँ नदिएपछि लुटेरा समूहद्वारा गोली हानी हत्या

भदौ २९, २०७६

बुटवल- रुपन्देहीको रोहणी गाउँपालिका–३ मा बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका–५ का महेन्द्र कुर्मीलाई लुटेरा समूहले गोली प्रहार गरी हत्या गरेका छन् । 

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पछ्याउँदै आएका व्यक्तिले पैसा नदिएपछि गोली प्रहार गरी भागेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए । कुर्मीको घटनास्थलमै मृत्यु भएको थापाले जानकारी दिए । 


ADVERTISEMENT

भैरहवास्थित हिमालयन बैंकबाट रकम लिएर घरतर्फ जाँदै गर्दा ४० वर्षिया कुर्मीमाथि गोली प्रहार भएको हो ।

गोली प्रहार गर्ने समूहले उनको साथमा रहेको ५ लाख रुपैयाँ लुटेर लगेका छन् । जिल्लाका सबै नाकामा कडा निगरानी गर्दै लुटेरा समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

भदौ २९, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस