मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
काठमाडौं – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्ट सरकारी कर्मचारीहरूलाई गोली हान्न तर नमार्न नागरिकहरूलाई आह्वान गरेका छन् ।
अधिकारीहरूले घूस लिएको देख्ने अनि घुस्याहालाई गोली हान्ने व्यक्तिलाई अभियोजनबाट उन्मुक्ति दिइने डुटेर्टेले बताए । तर गोली लाग्ने व्यक्ति बाँचे मात्र उन्मुक्ति दिइने उनको भनाइ छ ।
बटान नामक स्थानमा बिहीवार भाषण गर्दै उनले भ्रष्ट अधिकारीहरूलाई गोडामा गोली हाने जेलबाट बच्न सकिने र यस्तो कामलाई प्रतिरक्षा गरिने बताए ।
‘कसैले घूस माग्यो भने पिटे हुन्छ । हतियार छ भने गोली हाने हुन्छ तर मार्न चाहिँ नमार्नू, नत्र मुद्दा चलेमा क्षमदान पाउने छैनौ । गोडामा गोली हाने हुन्छ । त्यसले गम्भीर शारीरिक चोटपटक मात्र लाग्छ । तिमीलाई प्रोबेसनमा राखिनेछ । प्रोबेसन अधिकारीलाई सम्पर्क गरे पुग्छ,’ उनले भने ।
राष्ट्रपतिले जनतालाई आफ्नो अधिकार माग गर्न भने र कुनै सरकारी अधिकारी वा कर्मचारीले भ्रष्टाचार गरेमा त्यसको रिपोर्ट गर्न भने ।
आफ्नो कार्यालयमा भ्रष्टाचारको घटनाको खबर पुगेमा भ्रष्टाचार गर्ने अधिकारीलाई बोलाउने अनि उजुरीकर्तालाई त्यो भ्रष्टाचारीको गाला चड्काउन भन्ने डुटेर्टेले बताए ।
एजेन्सी
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...