सुजल फूड्सको चोकोफन रोल्स बजारमा

भदौ ३०, २०७६

काठमाडौं–सुजल फुड्स प्रा. लि. ले हालै वाफर रोल्स वफर रोल्स अन्तर्गत चोकोफन  रोल्स बजारमा ल्याएको छ ।

चोकोफन रोल्स नेपालमै पहिलो पटक उत्पादन भएको वेक्ड वफर रोल्स हो ।


ADVERTISEMENT

यो रोल को बाहिरी भाग अत्यन्तै क्रिस्पी छ र भित्री भाग क्रिमी रहेको हुन्छ जुन  क्रिम अत्यन्तै उत्कृष्ट र स्वादिस्ट भएको कम्पनीले बताएको छ । चोकोफन रोल्स स्ट्रबेरी, भेनीला र नरिवलको उत्कृष्ट स्वादहरुमा उपलब्ध छ । 

चोकोफन रोल्स उत्पादन भएको मितिले १२ महिना भित्र उपभोग गर्न मिल्दछ । १०० ग्रामको बक्सको चेकोफन रोल्स मात्र १ सय २० रुपैयाँमा बजारमा उपलब्ध छ ।

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस