×

NMB BANK
NIC ASIA

समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षा

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिएका छन् ।
    
प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज (शनिवार) शुभारम्भ गर्दै उनले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
        
अनियमितता हुन नदिन कडा निगरानी गरिनेमा जोड दिँदै उनले परियोजना बैंक खोलिने  र लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई बलियो बनाई आधुनिक प्रदेश निर्माण गरिनेछ भने। हिजो सम्पन्न सुरक्षा बैठकले प्रदेशभरिका सार्वजनिक जग्गा एक महीनाभित्र खोजी गर्न निर्देशन भएको जानकारी गराउँदै मुख्यमन्त्री राईले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह पनि गरे।
    
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षा संयन्त्रलाई बलियो बनाउन र प्रविधिमैत्री बनाउन प्रदेश सरकारको तर्फबाट भएको सहयोगको सराहना गरे।

Muktinath Bank

उनले समुदायमा विश्वासको वातावरण सिर्जना गरेर समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सफलता मिल्ने भएकाले अब अपराध र अपराधीको गुञ्जाइस छैन भने। आफ्ना कमी कमजोरी सच्याउँदै अघि बढ्न प्रहरीलाई निर्देशन दिँदै महानिरीक्षक खनालले सबैको मर्यादालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सुझाव दिए।
    
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मानव जीवनको सर्वोत्तम काम शान्तिसुरक्षा हो भने। आन्तरिक मामिला तथा कानून सचिव हरिप्रसाद मैनालीले प्रहरी प्रविधिमैत्री भएमा अपराध नियन्त्रणमा बल पुग्नाका साथै सुरक्षा व्यवस्था सुदृढ हुने र सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप पनि नियन्त्रण हुनेमा जोड दिए ।
    
प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले प्रहरी समयसापेक्ष सुदृढ एवं बलियो हुँदै गएकाले समाजमा शान्तिसुरक्षा कायम गर्न सफल भएको छ भने। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले रु एक करोड १४ लाखको लागतमा ५८ थान सिसिटिभी जडान भएको र यसबाट मोरङभर ६० किमी क्षेत्रको निगरानी गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x