×

NMB BANK
NIC ASIA

सुर्खेत -नेपालको नवौं राष्ट्रिय राजमार्गको रुपमा चिनिएको मदन भण्डारी राजमार्गको सुर्खेत पश्चिम खण्डको विस्तृत विवरण प्रतिवेदन (डिपिआर)को काम शुरू भएको छ ।

Muktinath Bank

आइतवार सुर्खेतको बराहताल गाउँपालिका बडिचौरदेखि गुटु हुँदै बेनिघाटसम्मको ९४ किलोमिटर सडकखण्डको डिपिआरको काम शुरू गरिएको हो । डिपिआर तयार गर्ने जिम्मा सेल्ट सिइआरसी जिओकम जेभि कुपण्डोल ललितपुरले पाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजनाको डिपिआरको काम करिव ५० दिनमा सक्ने आफ्नो लक्ष्य रहेको भएतापनि बिचमा दशैं तिहार पर्ने हुँदा डिपिआर तयारको काम मंसिर महिनाको पहिलो साताभित्रै सकिने डिपिआर सर्भे इन्जिनियरहरूले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश नम्बर १ को झापा जिल्लाबाट शुरू भई सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लासम्म पुग्ने मदन भण्डारी राजमार्ग पश्चिम सुर्खेतका ३ स्थानीय तहका लागि लामो एकदमै ठूलो आशा र भरोसाको केन्द्रबिन्दुको रूपमा रहेको देखिन्छ ।

Vianet communication
Laxmi Bank

मदन भण्डारी राजमार्गमा अन्य जिल्लमा सडकको मुआब्जा, जग्गा र यता उता भनेर धेरै विवाद भएपनि सुर्खेतमा त्यस्तो समस्या धेरै नभएको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अभिकारीले बताए । सुर्खेतमा जम्मा २३२ किलोमिटर दुरी मदन भण्डारी राष्ट्रिय राजमार्गले समेटेको छ । जसमध्ये पश्चिम सुर्खेतका अलि विकट र सडकको पहुँचबाट अलि समस्यामा रहेका ३ स्थानिय तहलाई समेट्ने बडिचौर गुटु बेनिघाट सडकखण्ड पर्छ ।

जुन ९४ किलामिटर रहेको छ । सडक दायाँ बायाँ कम्तिमा २५/२५ मिटरदेखि ६५ मिटरसम्मको रहने पनि प्रमुख अधिकारीले जानकारी दिए ।

कांक्रेविहारलाई विश्वसम्पदासूचीमा राख्नुपर्छ-सांसद रावत

सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको रुपमा रहेका सांसद नवराज रावतले ऐतिहासिक महत्त्व बोकेको कांक्रेविहार क्षेत्रलाई विश्वसम्पदा सूचीमा पार्न आफू लागिरहेको बताए । उनले नेपालबाट उक्त क्षेत्रलाई ११औं नम्बरको रुपमा विश्व सम्पदमा सूचीमा पार्नसके सिंगो कर्णाली प्रदेशमा नै पर्यटकको संख्यामा भारी वृद्धि हुने बताए ।

सांसद रावतले अहिलेको सरकार जनताको गाउँगाउँमा विकास लिएर गएको दाबी गरे । उनले आफूले पनि निर्वाचनको बेला र त्यसपछि वाचा गरेअनुरुप नै सुर्खेत पश्चिमका जनताको आवश्यकता र समस्यालाई ध्यानमा राखेको बताए ।

सांसद रावतले समृद्धिका लागि एकजना मात्रै उफ्रेर सम्भव नभएको भन्दै स्थानीय तहका जनप्रतिनिधि, जनता, राजनीतिक दलका नेता कार्यकर्ता र कर्मचारी सबैको सहकार्य आवश्यक रहेको औँल्याए । निर्वाचनका बेला आफूले पश्चिम सुर्खेतमा सडक, बिजुली आदि समस्या समाधान गर्ने प्रतिबद्धता गरेको स्मरण गराउँदै उनले ति प्रतिबद्धता विस्तारै पूरा भइरहेको बताए ।

‘मैले बरु थोरै बोलेको छु होला तर पुरा गर्नुपर्छ भन्ने मनसाय छ,' उनले भने , ‘२८ वर्ष कुरेका जनताले समृद्धिका लागि अब थारै समय कुर्न सक्छन् ।’

आफ्नो निरन्तरको पहलमा कोहलपुर सुर्खेत १३२ केभि प्रसारण लाइन बन्ने सुखद क्षण भएको बताउँदै उनले स्थानीय तहका जनप्रतिनिधिहरू कुन पार्टी र यो पार्टी भन्दै समय खेर फाल्न नहुने उनको सुझाव थियो । उनले समन्वय र सहकार्यबाट काम गर्न आग्रह गरे ।

जनताहरूले पनि जनप्रतिनिधिको मनपरीतन्त्रलाई खबरदारी गर्नुपर्ने बताउँदै सांसद रावतले कर्मचारीतन्त्रले पनि विकासमा बाधा पुर्याएको दाबी गरे । सांसद रावतले राजमार्गको उक्त खण्डमा पर्ने विवादहरू स्थानीय जनप्रतिनिधि र राजनीतिक दलको रहेको बताएका छन् । उनले मंसिरमा राजमार्गको डिपिआर काम सकिएपछि माघमा वातावरण प्रभाव मुल्यांकन (इआइए) र चैतपछि टेन्डर प्रक्रिया शुरू गरिनुपर्ने बताए ।

आफुले राजमार्गको उक्त खण्डका लागि ४ अर्ब बजेट माग गरेको समेत सांसद रावतले दाबी गरे । स्थानीयलाई सडक निर्माणका बेला मुआब्जाको आश नगर्न आग्रह गर्दै सबै बजेट मुआब्जामा गयो भने विकास सम्भव नहुने बताए ।

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले राजमार्ग बनेपछि आयात मात्र गर्ने परिपाटी बन्द गर्नुपर्ने बताउँदै निर्यात गर्न सकेमा सफलता हासिल हुने बताए । उनले आउने बेला भरिएका र फर्किँदा रित्ता गाडी जाने राजमार्ग बनेमा युवाहरू विदेशिनुपर्ने स्थिति आउने भन्दै उत्पानमूलक र निर्यातमूलक क्षेत्रमा जोड दिनुपर्ने बताए ।

चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले विकासले पछि परेको पश्चिम सुर्खेतमा विकासको मेरुदण्डको रुपमा सडक र विद्युतको जनतामा ठुलो माग रहेको बताए । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले सडक छिटै निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x