कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं — प्राचीन ग्रन्थमा सेतो रंगलाई शुभ मानिएको छ तर समय परिवर्तन हुँदै जाँदा मानिसहरूले यो रंगलाई मांगलिक कार्यमा प्रयोग गर्न छोडे । प्राचीनकालमा सबै प्रकारका मांगलिक कार्यमा सेतो रंग नै प्रयोग गरिन्थ्यो । पुरोहितहरू पनि सेता लुगा लगाउँथे ।
तर पछि अन्य रंगहरू मांगलिक कार्यमा प्रयोग हुन थाले र बिस्तारै सेतोलाई प्रतिस्थापन गर्न थाले । मृत्यु चाहिँ अमंगलको सूचक हो त्यसैले मृत्युसंस्कारमा सेतोको प्रयोग रहिरह्यो । अनि महिलाप्रतिको विभेदकारी नीतिनियमका कारण महिलाले चाहिँ विधवा भएमा जीवनपर्यन्त सेतो वस्त्र लगाउनुपर्ने, पुरुषले चाहिँ विधुर भएमा जस्तो लुगा लगाएपनि हुने चलन चलाइयो ।
तर वेदमा विधवा स्त्रीलाई पुनर्विवाहको छुट छ ।
उदीर्ष्व नार्यभि जीवलोकं गतासुमेतमुप शेष एहि।
हस्तग्राभस्य दिधिषोस्तवेदं पत्युर्जनित्वमभि सम्बभूथ।
अर्थात्, पतिको मृत्यु भएपछि कुनै पनि स्त्रीले उसके यादमा जीवन बिताउनुपर्छ भन्ने छैन । अर्को पुरुषलाई विवाह गरेर जीवन अघि बढाउने पूरै छुट उक्त स्त्रीलाई छ ।
आजकल त मानिसहरूको सोचमा परिवर्तन आइसकेको छ । विधवालाई पनि समाजमा यथोचित सम्मान दिन थालिएको छ । विधवाहरू पनि रंगीन वस्त्र लगाउने अनि पुनर्विवाह गर्ने गरिरहेका छन् ।
तैपनि सेतो वस्त्र लगाउनुका पछाडि केही कारणहरू छन् । खासमा सेतो रंग भनेको अन्य रंगहरूको अनुपस्थिति हो । आफ्नो आमाबुवाको घर छोडेर पतिको घर जाने महिलाका लागि पति महत्वपूर्ण व्यक्ति हो । त्यही पतिको मृत्युका कारण जीवन रंगहीन भएको महसूस गर्ने महिलाले सेतो लुगा लगाउनु उपयुक्त नै हो ।
सेतो सारी लगाउने महिलाको फरक पहिचान बन्छ । सबैजना ऊप्रति संवेदना राख्न थाल्छन् । यो मनोवैज्ञानिक प्रभावका कारण उनले सामाजिक सुरक्षा पनि पाउँछिन् । तर सेतो वस्त्र लगाएकी नारीप्रति कुदृष्टि राख्ने नराधमहरू पनि हुन्छन् समाजमा ।
सेतो कपडाले मन शान्त र सात्विक बनाउँछ जबकि रंगीचंगी कपडाले भौतिकतामोह देखाउँछ ।
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...