×

NMB BANK
NIC ASIA

बेलायती प्रधानमन्त्री र इयु अध्यक्षबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति

भदौ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लण्डन– बेलायती प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघका अध्यक्ष जेन क्लाउड यङ्करबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति भएको छ ।  

Muktinath Bank

बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले सोमबार दिएको जानकारी अनुसार उनीहरूले दैनिक वार्ता गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । प्रधानमन्त्रीको कार्यालयले भनेको छ, “ब्रेजिक्टसम्वन्धी छलफललाई तीव्रताका साथ अगाडि बढाउनु पर्ने र त्यसका लागि दैनिक छलफल गर्नुपर्नेमा नेताहरु सहमत हुनुभएको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लक्जेम्वर्गमा दुई नेताहरूको प्रत्यक्ष भेटवार्तापछि प्रधानमन्त्री कार्यालयले उनीहरूको भेटवार्ताका बारेमा जानकारी दिएको हो । प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले जारी गरेको वक्तव्यमा जोनसन र यङ्करकोे बैठक “सकारात्मक” भएको उल्लेख गरिएको छ । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयका विभिन्न पक्षका बारेमा उनीहरूले  छलफल गरेकाे कार्यालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको अभियानको पछिल्लो प्रयासस्वरुप जोनसनले सोमबार यो महत्वपूर्ण भेटवार्ता गरेका हुन् । जोनसनको यो भेटलाई कतिपयले परामर्श बैठकका रूपमा पनि लिएका छन् । उक्त भेटमा आफूहरूले के कसरी काम गरिरहेका छौँ र आगामी दिनमा त्यसले के कस्तो परिणाम दिन सक्छ भन्ने बारेमा बेलायतका प्रधानमन्त्री जोनसनले अध्यक्ष यङ्करलाई जानकारी गराएका थिए  । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री जोनसनले केही दिनअघि एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, “म यस काममा आशावादी छु, मलाई लाग्छ बेलायत युरोपियन युनियनबाट बाहिरिनेछ, हामीले तय गरेको समय आगामी अक्टोबर ३१ सम्ममा हामी बाहिरिने नै छौँ ।”

युरोपियन युनियनको संसद्ले भने आगामी हप्ता यस विषयमा मतदान गराउने तयारी गरेको छ । यसैबीचमा प्रधानमन्त्री जोनसनले पनि हाउस अफ कमन्सबाट आफ्नो मतको पक्षमा जनमत लिन सक्नुपर्नेछ । बेलायतको संसद्मा अधिकाश सांसद बे्रक्जिटको विपक्षमा रहेकाले उहाँको पक्षमा जनमत आउने संभावना न्युन देखिएको छ  

बेलायत र युरोपका सञ्चारमाध्यमहरूले प्रधानमन्त्री जोनसनलाई बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने काम काम पूरा गर्न निकै कठिन देखिएको उल्लेख गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x