मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
काठमाडौं – भारत सरकारले जम्मु–कश्मीर सम्बन्धी धारा ३७० हटाएपछि पाकिस्तानले संसारका सबै मुलुकलाई यसको विरोध गर्न आग्रह गरेको छ ।
तर चीनबाहेक कुनै पनि प्रमुख देशले उसको साथ दिएन । अहिले आएर साउदी अरब र संयुक्त अरब अमिरात जस्ता प्रभावशाली मुस्लिम देशहरूले पाकिस्तानलाई भारतसँग कूटनीतिक पहल थाल्न भनेका छन् । अनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध कडा भाषा प्रयोग नगर्न पनि उनीहरूले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई चेताएका छन् ।
पाकिस्तानी पत्रिका एक्सप्रेस ट्रिब्युनमा छापिएको खबरअनुसार, सेप्टेम्बर ३ मा साउदी अरबका परराष्ट्रमन्त्री आदिल अल जुबैर र यूएईका परराष्ट्रमन्त्री अब्दुल्ला बिन अल नाहयान इस्लामाबाद भ्रमणमा आफ्नो नेतृत्वका अन्य शक्तिशाली देशको तर्फबाट सन्देश लिएर आएका थिए । उनीहरूले पाकिस्तानलाई भारतसँग अनौपचारिक कुराकानी थाल्न भने । एकदिवसीय यात्रामा उनीहरूले इमरान खान, परराष्ट्रमन्त्री महमूद कुरैशी र सेनाप्रमुख जनरल कमर जावेद बाजवाले भेटघाट गरे ।
पत्रिकाका अनुसार, कुराकानी अत्यन्तै गोपनीय थियो र परराष्ट्र मन्त्रालयका शीर्ष अधिकारीलाई मात्र बैठकमा जान दिइएको थियो । साउदी अरब र यूएईका कूटनीतिकर्मीहरूले पाकिस्तान र भारतबीच तनाव कम गर्नका लागि भूमिका निर्वाह गर्न चाहेको बताइएको छ । दुई देशबीच पर्दापछाडि कुराकानी गर्ने प्रस्ताव पनि छ ।
मध्यस्थकर्ताहरूले कश्मीरमा केही नियन्त्रण खुकुलो बनाउनका लागि भारतलाई मनाउन कोशिश गर्न सक्ने तर मोदीमाथिको शाब्दिक आक्रमण बन्द गर्नुपर्ने बताएका छन् ।
पाकिस्तानले उनीहरूको अनुरोध अस्वीकार गरिदियो र भारतसँग कूटनीतिक पहल गर्नका दिल्ली नयाँ दिल्लीले केही शर्त मान्नुपर्ने बतायो । कश्मीरमा कर्फ्यु र अन्य नियन्त्रण हटाउनुपर्ने शर्त पनि यसमा समावेश छ ।
एजेन्सी
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...