सञ्जय लीला भन्सालीले बनाए मोदीको जीवनमा फिल्म

भदौ ३१, २०७६

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रशंसकहरू बलिउडमा पनि थुप्रै छन् । त्यसैले उनको बायोपिक वा उनको जीवनबाट प्रेरित कथामा फिल्म र वेब शोहरू बन्ने सिलसिला चलिरहेको छ । 

विवेक ओबरोयले उनीमाथि बायोपिक बनाए । 


ADVERTISEMENT

अब सञ्जय लीला भन्साली र महावीर जैनले मोदीको जिन्दगीमा मन बैरागी नामक फिल्म बनाउँदैछन् । त्यसको फर्स्ट लूक मंगलवार मोदीको जन्मदिनमा जारी गरिएको छ । 

फिल्मलाई सञ्जय त्रिपाठीले निर्देशन गरेका हुन् । 

मोदीको जिन्दगीका बनेको फिल्म र वेबसिरिज विवादमा परेको छ र तिनलाई अदालतमा चुनौती पनि दिइएको छ । अब भन्साली जस्ता ठूला फिल्मकर्मीले बनाएको फिल्ममा राजनीतिक विश्वको प्रतिक्रिया कस्तो आउने हो ?

फिल्ममा मोदीको पूरा जिन्दगी नदेखाएर किशोरावस्थाका संघर्ष देखाइनेछ । उनले १३ वर्षदेखि २० वर्ष उमेरसम्म बिताएको जिन्दगी यसमा देखाइनेछ । 

उदीयमान अभिनेता अभय वर्माले मोदीको भूमिका निर्वाह गरेका छन् । 

फिल्ममा मोदीको राजनीतिक जीवनको कुनै पनि अध्याय राखिने छैन । सानै उमेरमा उनी आफैंलाई खोज्न तयार भएको कुरा फिल्ममा फोकस गरिएको छ । 

फिल्मको शूटिङ जनवरीदेखि मार्च महिनासम्म गरिएको थियो । आज यसको रिलिज डेट घोषणा गर्न सकिन्छ ।

एजेन्सी 
 

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस