सहकारीको ७ लाख चोरी गर्ने २ जना पक्राउ

भदौ ३१, २०७६

काठमाडौं– सहकारीबाट चोरी गर्ने २ जना पक्राउ परेका छन ।

काठमाडौं उपत्यकाभित्रका विभिन्न सहकारी तथा बित्तिय संस्थाहरुको ढोका फोडि सेफ लगायत नगद चोरी गर्ने रामेछाप दोरम्बा गाउँपालिका ४ का १८ बर्षीय सुनिल थापा मगर र रामेछाप दोरम्बा ७ कै दानबहादुर थापा मगरलाई महानगरिय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

भदौ २५ गते विहान २ बजे काठमाडौं ३२ पेस्सिकोला टाउन प्लानिङमा रहेको हर्षित बचत तथा क्रण सहरकारी संस्थाको मुल ढोका फोडी ७ लाख ८९ हजार ९ सय रुपैयाँ चोरी गरेको महाशाखाले जनाएको छ ।
प्रहरीले उनीहरुलाई सोमबार काठमाडौंबाट पक्राउ गरि महानगरिय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

 

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस