ट्रक चट्टानमा ठोक्कियो, पन्ध्र जनाको मृत्यु

भदौ ३१, २०७६

मनिला– फिलिपिन्सको दक्षिणी भू–भागमा पर्ने कोटाबाटो प्रान्तमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

गुडिरहेको एउटा ट्रक चट्टानमा गएर ठोक्किएपछि सो दुर्घटना भएको स्थानीय प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् । टिबोली शहरको लम्सालोमे राजमार्गमा गुडिहरेको सो ट्रकमा २० व्यक्ति सवार रहेका जनाइएको छ । 


ADVERTISEMENT

स्थानीय समय अनुसार मङ्गलबार बिहान १०ः ३० बजे सो ट्रक सडकबाट बाहिर गएर चट्टानमा ठोक्किएको र त्यसपछि ट्रक पल्टिएको थियो ।

चौध व्यक्तिको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अरु केही घाइते भएका पनि प्रारम्भिक प्रहरी रिपोर्टमा जानकारी दिइएको छ ।   

दक्षिणी कोटाबाटोको प्रान्तीय प्रकोप र जोखिम न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख रोली डोआन एकिनाले मृतकहरूको संख्या १५ पुगिसकेको र घटनास्थलमा घाइते भएका एक व्यक्तिको अस्पतालमा मृत्यु भएको बताएका छन् । 

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस