साउन ६, २०७८
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौं – ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० लालबहादुर कार्की गत असारमा हँसियामा धार लगाउन नजिकैको आरनमा गएका थिए ।
लालबहादुरकी पत्नी नन्दकुमारी कार्की घाँस काट्न बारीतर्फ गएकी थिइन् । लालबहादुर काम सकेर साँझ साढे ५ बजे घर फर्किए ।
घरभित्र छिर्न लाग्दा देखिएको दृश्यले उनको होस उड्यो । एकछिन उनी बेहोसजस्तै भए तर उनले सम्हालिनुपर्ने थियो ।
किशोरावस्थाकी छोरी घरको भूइँतलामा प्लास्टिकको डोरीले पासो लगाएको दृश्य उनले अपर्झट देखे । उनका लागि त्यो क्षण अकल्पनीय थियो । उनले केही बुझ्न सकेनन् ।
लालबहादुरले प्रहरीलाई खबर गरे । प्रहरी आएपछि उनको पासो खोलियो । प्रहरीले खोजतलास गर्दा उनको साथमा एउटा ‘सुसाइड नोट’ भेटियो ।
नोटमा लेखिएको थियो, ‘मैले फेसबूक खोलेको होइन, म दाजुभाइको इज्जत फाल्न चाहन्न । त्यसैले नक्कली आईडी खोल्नेलाई कारवाही गरेमा मेरो आत्माले शान्ति पाउने छ ।’
भर्खर एसईई दिएर बसेकी १६ वर्षीया गोमा कार्कीले गत असार ६ गते साँझ ५ बजे आसपास सुसाइड नोट लेखेर आत्महत्या गरेकी थिइन् ।
आत्महत्याको कारण थियो – सामाजिक सञ्जाल फेसबूकमा अरु कसैले ‘सबैको बुढी म’ नामको फेसबूक खोलेर उनका १३ वटा फोटो पोस्ट गरिदिएको रहेछ ।
फेसबूकमा बहिनीको फोटो देखेपछि गोमाका दाजुले गाेमालाई फोन गरेर किन यस्तो पोस्ट गरेको बहिनी भनेर सोधेका थिए । ‘मैले गरेको होइन दाइ’ भन्दै उनले फोन काटिदिइन् ।
त्यसको केही समयमै उनले आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको साइबर अपराध अनुसन्धान ब्यूरो (सीसीआईबी) का प्रहरी निरीक्षक विष्णु विश्वकर्माले बताए ।
काठमाडौंमा बस्दै आएका गोमाका दाइले त्यो फेसबूक आईडीमा च्याट गरेर ‘किन यस्तो गरेको ?’ भनेर सोधे । रिप्लाईमा उल्टै गालीगलौज आयो ।
लालबहादुरले ‘सबैको बुढी म’ नामको फेसबूक खोल्ने व्यक्तिलाई अनुसन्धान गरी पत्ता लगाइदिन जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिए ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले साइबर अपराध अन्तर्गत पर्ने भएकाले अनुसन्धानको लागि साइबर अपराध अनुसन्धान ब्यूरो भोटाहिटीमा निवेदन पठायो ।
साइबर अपराध अनुसन्धान ब्यूरोको टोली खटियो । टोलीले ‘सबैको बुढी म’ भन्ने फेसबूक आईडी खोल्ने मोबाइल नम्बरको विवरण पठाइदिन भन्दै साउन ५ गते फेसबूकलाई पत्राचार गर्यो ।
फेसबूकले ओखलढुंगा रानिवन–९ घर भएकी बिन्दा कार्कीको नामबाट निकालिएको मोबाइल नम्बर उपलब्ध गराएको साइबर अपराध अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नविन्द्र अर्यालले बताए ।
‘त्यसपछि हामीले बिन्दालाई सम्पर्क गर्यौं । उनले त्यो फोन भाइलाई चलाउन दिएको छु भनेपछि हामीले उनका भाइलाई सम्पर्क गर्यौं,’ उनले भने । बिन्दाले त्यो नम्बर १ वर्ष अगाडि नै भाइ युवराज कार्कीलाई दिइसकेकी रहिछन् ।
काठमाडौंको होटलमा काम गर्ने युवराजलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जिल्ला झिकायो । जब युवराजलाई प्रहरीले पक्राउ गर्यो, तब बल्ल घटनाको पोल खुल्यो ।
युवराजले गोमालाई एकपक्षीय माया गर्दा रहेछन् । गोमा टाढिँदै गएपछि उनको बदनाम गर्ने नियतले नक्कली आईडी खोलेकोे भनेर उनले प्रहरीको बयानमा स्वीकारे । अभियुक्तको स्थायी घरमा पनि चम्पादेवी–१० रानीवन नै रहेको तथ्य खुल्यो ।
अनुसन्धानको काम सकिएर जिल्ला अदालतमा फाइल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पुष्प मल्लले लोकान्तरलाई बताए । ‘हामीले अदालतमा आत्महत्या दुरुत्साहन गरेको अभियोगमा अधिकतम सजाय हुने गरी मागदाबीसहित फाइल पठाएका छौं,’ उनले थपे, ‘१–२ दिनमा अदातलमा फाइल टेबल हुन्छ ।’
मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने उल्लेख गरिएको छ । दफामा लेखिएको छ, ‘कसैले–कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’
आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भएमा हुने सजायबारे मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा २ मा लेखिएको छ, ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसूर गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र २५ हजार रुपैयाँसम्म जरिवाना गरिने छ ।’
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...