चितुवाले लखेट्यो हरिणलाई, शिकार बनायो

भदौ ३१, २०७६

काठमाडौं – केन्याको मासाई मारा राष्ट्रिय आरक्षमा चितुवाले हरिणलाई लखेटेर शिकार बनाएको तस्वीर सार्वजनिक भएको छ । 

भारतको बैंगलोरबाट केन्या पुगेका व्यापारी दीपक शंकरले उक्त तस्वीर खिचेका हुन् । उनका अनुसार, चितुवालाई हरिण मार्न जम्मा १० सेकेन्ड लागेको थियो । 


ADVERTISEMENT

उनले भने, ‘यो पोथी चितुवाका तीनवटा सन्तान छन् र तिनीहरू दिनभरि शिकार गर्दा पनि सफल भएका थिएनन् । इमानी नाम गरेकी पोथी चितुवा झाडीबाट निस्केर शिकार गरेको हेर्न मैले दुई घन्टाभन्दा बढी समय प्रतीक्षा गरेको थिएँ । घटना यति छिटो भयो कि चितुवा हरिणको ठ्याक्कै पछाडि थियो र ती दुवै हामी भएतिर दौडिरहेका थिए । मैले क्यामराको पोजिसन मिलाएर खिच्दा निकै तर्सिएको थिएँ । शिकारकर्म जम्मा दश सेकेन्डमा सम्पन्न भयो अनि मैले फोटो खिच्दा हात काँपिरहेका थिए । इमानीले मेरै जीप नजिक आएर शिकार गरी ।’

एजेन्सी
 

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस