मंसिर १४, २०८०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
काठमाडौं– बिगमार्टले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठपर्वको अवसर पारेर बिगमार्टले आफ्नो ब्राण्डको सामान खरिदमा छुट अफर ल्याएको हो । बिगमार्टले मंगलवार एक विज्ञप्ति सार्वजनिक गर्दै बुधवार देखि आफ्ना करिब २ सय वस्तुमा छुटको व्यवस्था गरेको जानकारी दिएको हो ।
बिगमार्टले मूख्य आकर्षण अन्तर्गत सनफ्लावर तेलदेखि जिरा मसिनो चामलसम्मका खाद्यान्नमा छुट अफर गरेको छ ।
जस अनुसार अमृत सन फ्लावर तेल प्रतिलिटर ५ रुपैयाँ छुट, मुसुरो दालमा प्रतिकेजी १५ रुपैयाँ छुट, चिउरा प्रतिकेजी १० रुपैयाँ, रातो चना प्रतिकेजी ६ रुपैयाँ, डिडिसी घिउ प्रतिकेजी ५० रुपैयाँ, धारा तेल प्रतिलटिर १८ रुपैयाँ र चिनी प्रतिकेजी ७ रुपैयँका दरले छुट दिएको बिगमार्टले जानकारी दिएको छ ।
बिगमार्टका अनुसार जिरामसिनो चामलमा प्रतिबोरा १ सय २६ रुपैयाँ छुट गरिएको छ ।
बिगमार्टले आफ्ना ३७ वटै शाखामा चाडपर्व लक्षित छुटको अफर गरिएको जानकारी दिएको हो । यसअघि पनि नौ वर्षअघि यस्तै अफर लिएर बजारमा गएको र बिगमार्टले उपभोक्ताको मन जित्न सफल भएकाले यस वर्षपनि उपभोक्ता सामु छुट अफर ल्याएको बिगमार्टको भनाई छ । मूख्य आकर्षणसहीत करिब २ सय वस्तुमा छुट दिइएको विगमार्टको भनाई छ ।
सरकारले समेत नीजि क्षेत्रलाई सुपथ मूल्य पसल सञ्चालनका लागि आह्वान गरेकोले चाडपर्वमा छुटसहित बजारमा आउन सजिलो भएको बिगमार्टका आर्थिक प्रशासन प्रमुख विवेक देवले बताए । सरकारले गत भदौ २३ मा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदा वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताएका थिए ।
यसअघि सन् २००९मा काठमाडौंको कमल पोखरीस्थित सिटी सेन्टरमा पहिलो बिगमार्ट स्टोर सञ्चालनमा ल्याइएको थियो । त्यसपछि बिग मार्टले आफ्नो सञ्जाल विस्तार गर्दै गएको छ । हाल बिगमार्टका ३७ वटा शाखा रहेका छन् ।
यो सुपर स्टोरले बजारको मूल्यमा नै तरकारी र फलफूल उपलब्ध गराउँदै आएको छ । यसका साथै हरेक दिन बेलुका तरकारीहरुमा विशेष छुटको व्यवस्था समेत गरेको छ । घरायसी प्रयोजनका लागि प्रयोग हुने खाद्य सामग्रीहरु, सरसफाइका सामग्री तथा पेय पदार्थ लगायतका सामानमा विशेष छुट दिइएको बिगमार्टको भनाई छ ।
यसैबीच बिगमार्टले आगामी ३ असोज देखि आफ्नो नयाँ शाखा ललितपुरको हरिसिछिमा सञ्चालनमा ल्याउने भएको छ । बिगमार्ट सुपरमार्केटले अबको दुई वर्षमा ६० वटा स्टोर सञ्चालनमा ल्याउने लक्ष्य बनाएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...