गाईको घ्यूका फाइदै फाइदा - सेतो दूबीको उपचारदेखि ओठ फुट्ने समस्याको समाधानसम्म

भदौ ३१, २०७६

हामी घ्यूको सेवन खानका लागि गछौँ । तर त्यसका फाइदाका बारेमा धेरैलाई थाहा नहुन सक्छ । आज हामी घ्यूका आश्चर्यजनक फाइदाका बारेमा जानकारी दिदैछौँ । जो तपाईका लागि उनि उपयोगी हुन सक्छ ।

सेतो दुवी आएमा


ADVERTISEMENT

रायोको धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहानरबेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ ।

कपाल दुखेमा

गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।

जाडोले कामज्वरो आएमा

एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

आँखा धमिलो र फूलोमा

गाइको घ्यूमा नीमको फूलको गाजल बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ।

खानामा अरुची भएमा

घ्यूमा नीमको कमलो ८्१० वटा पात तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ ।

आँखाको कमजोरीमा

राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १्२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।

शूल भएमा , धेरै दिसा लागेमा

जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३्४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

ओठ फुट्ने भएमा

एक चम्चा घ्यूमा एक चिम्टी नून हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २र४ पटक लगाउनु होस् । सुत्नेबेलामा नाइटोमा घ्यू लगाएर सुत्ने गरेमा पनि ओठ फुट्दैन ।

 

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस