अरुण नदीमा बोलेरो गाडी खस्यो, ६ जना वेपत्ता

असोज १, २०७६

काठमाडौं– संखुवावासभाको खाँदबारीबाट बिरामी लिएर धरानतर्फ जाँदै गरेको  बोलेरो गाडी दुर्घटना हुँदा ६ जना वेपत्ता भएका छन् । 
 मंगलबार राति को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । धर्मदेवी नगरपालिकाको अक्करको भीरबाट गाडी अरुण नदीमा खसेको बताइएको छ । 

दुई महिनाको बिरामी शिशुको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो। वेपत्ता हुनेमा दुई महिनाको शिशु सहित खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर, बिरामी शिशुका उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ रहेका छन् । 
गाडी खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको छ। प्रहरीले घटनाबारे थप जानकारी आउन बाँकी रहेको जनाएको छ । 


ADVERTISEMENT

असोज १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस