लगानी कोषले ल्यायो ‘नागरिक बचत वृद्धि कार्यक्रम’

असोज २, २०७६

काठमाडौं–नागरिक लगानी कोषले नारिक बचत वृद्धि कार्यक्रम सार्वजनिक गरेको छ । संविधान दिवसको पूर्व सन्ध्यामा बिहीवार एक कार्यक्रमका बीच लगानी कोषले नागरिक बचत वृद्धि कार्यक्रम सार्वजिनक गरेको हो ।

नियमित वा निश्चित अवधि आय आर्जन गर्ने  नागरिकलाई समेट्ने उद्येश्यले नागरिक लगानी कोषले उक्त कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रमले सार्वजनिक प्रतिष्ठानमा कार्यरत एवंम स्वरोजगारमा रहेका सर्वसाधारणलाई समेट्ने नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए ।


ADVERTISEMENT

उनका अनुसार सो कार्यक्रम अन्तरगत निश्चित अवधिमा आय आर्जन गर्ने व्यक्तिले न्यूनतम मासिक ५ सय रुपैयाँ कोषमा जम्मा गर्न सक्ने छन् । न्युनतम ५ सय रुपैयाँदेखि बढिमा आफ्नो क्षमता अनुसार रकम जम्मा गर्न सक्ने कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।

कोषमा २ वर्षसम्म नियमित बचत गरेपछि बचतकर्तालाई उक्त बचतको ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने र धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा लगायतका सुविधा कोषले उपलब्ध गराउने योजना कोषको रहेको छ ।

त्यस्तै बचत वृद्धि कार्यक्रममा सहभागीलाई निश्चित मापदण्डको आधारमा दुर्घटना बिमा, औषधोपचार बिमा, मृत्यु संस्कार खर्च र सुत्केरी खर्चजस्ता सामाजिक सुरक्षाका सुविधा पनि उपलब्ध गराउने जानकारी कोषले दिएको छ । 

त्यस्तै नागरिक लगानी कोषले संविधान दिवस २०७६ को उपलक्ष्यमा सहिद परिवारलाई सम्मान समेत गरेको छ । कोषले कोषमा कार्यरत सहीद परिवारका सदस्यहरुलाई सम्मान गरेको हो ।

असोज २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस