कात्तिक २०, २०८०
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
काठमाडौं-साफ यू–१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा घरेलु टोली नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खलेको छ ।
समूह ‘ए’ मा रहेको साविक विजेता नेपालले हलचोक मैदानमा सुरुमै गोल खाएको थियो । खेल शुरु भएको १३ औं मिनेटमा पेनाल्टीमार्फत माल्दिभ्सले गोल गरेको थियो । डिबक्स एरिया भित्र माल्दिभ्सका कप्तान हसन नाजिमलाई नेपालका रोशन दोङले फल गरेपछि माल्दिभ्सले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई नजिम आफैंले गोलमा परिणत गरेका थिए ।
एक गोलले पछि परेको नेपालले पहिलो हाफमा कुनै पनि गोल गर्न सकेन । दोश्रो हाफको ७५ औं मिनेटमा नेपालका मनिष डाँगीले उत्कृष्ट हेड गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
उनले बिर्जेस चौधरीको क्रस सदुपयोग गरेर उत्कृष्ट गोल गरेका थिए । दोस्रो हाफमा नेपालले आधा दर्जन गोलको अवसर सृजना गरेको थियो।
५३ औं मिनेटमा बिर्जेस चौधरीको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । ६३ औं मिनेटमा कप्तान जय गुरुङको प्रहार माल्दिभ्सका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।
७१ औं मिनेटमा नितिन थापाको प्रहार पोलमा लागेर फर्कियो । दोश्रो हाफमा माल्दिभ्सको प्रदर्शन भने सम्झन योग्य थिएन ।
समूह ‘ए’मा नेपाल र माल्भिभ्ससँगै भुटान पनि छ । नेपालले भुटानसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा पुग्नका लागि नेपाललाई भुटानसँगको खेल जित्नैपर्ने भएको छ ।
नेपाली टोली यसअघिका दुवै संस्करणको विजेता हो । शनिबार समूह ‘बी’ अन्तर्गत बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...