×

NMB BANK
NIC ASIA

विदेश त्यागेर कृषि रोजेपछि मालामाल

असोज ४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बागलुङ–“विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याए ।

Sagarmatha Cement
Muktinath Bank

गलकोट नगरपालिका–७ मल्म, टोकरीका थापालाई शुरुमा विसं २०६५ तिर कोरियाको मोहले तान्यो । स्नातकको पढाइ बीचमै छाडेर भाषा पढ्न थाले। कोरियाको सपना टुट्यो । मन जापानतिर गयो । “जापानका लागि प्रयास गरेँ, काम भएन, पैसा पनि गयो”, उनले भने, “केही नलागेपछि दुई वर्ष दिल्लीमै बसेर भाँडा माझेँ, त्यसपछि घर फर्के ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सित्तैमा कसैले लान्छु भने पनि विदेश नजाने निर्णय लिएर थापा विसं २०६८ मा घर फर्किए। उनी विदेशको सपना त्यागेर गाउँ फर्कदाँ छिमेक र टोलका युवाहरु भने कोही जापान त कोही अरबतिर भविष्य खोज्दै थिए ।


Advertisment
Nabil box
Kumari

“कहिल्यै विदेश नजाने सङ्कल्प गरेर म दिल्लीबाट घर आएँ, त्यतिबेला मेरो साथमा रु छ हजार मात्र थियो”, थापाले भने, “गाउँ आएपछि कृषिमा केही गर्ने सोच पलायो, व्यावसायिक बाख्रापालनतिर लागेँ ।” उनले आफूसँग बचेको त्यही रु छ हजारबाट बाख्रापालन शुरू गरे।

Vianet communication
Laxmi Bank

दुईटा बाख्राबाट शुरू गरेको व्यवसाय अहिले ‘घुम्टे बाख्रापालन फार्म’मा परिणत भएको छ । फार्ममा अहिले स्थानीय खरी, बोयर र जमुनापारि जातका गरी ६० बाख्रा छन् । फार्ममा उत्पादन भएका खसीबोका चलेको मूल्यमा स्थानीय बजारमै बिक्री हुन्छन् । खर्च कटाएर बाख्रापालनबाट वार्षिक रु पाँच लाख बढी आम्दानी हुने गरेको थापा बताउँछन्। उनलाई बाख्रापालन व्यवसायमा श्रीमती रीताको सहयोग र साथ छ । 

तत्कालीन जिल्ला पशु सेवा कार्यालय र गलकोट नगरपालिकाले पनि बाख्रापालनमा अनुदान सहयोग उपलब्ध गराएका छन् । उन्नत जातको बोका राखेर बाख्रापालन व्यवसायलाई थप विस्तार गर्ने योजना थापाको छ । “गाउँका अधिकांश युवा सबै विदेश छन् मैले भने स्वदेशमै केही गर्ने अठोटका साथ काम गरिरहेको छु, कृषिलाई नै मूल पेशा बनाएको छु”, थापाले भने । 

गत वर्ष मलेसियाबाट फर्कनुभएका निसीखोला गाउँपालिका–३ झिवाखोलाका राजमान बुढा पनि विदेशको रहर पुरा भएको बताउँछन्। प्रदेशी भूमिमा भोकनिद केही नभनी पसिना बगाउने बुढा अहिले आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य देखिरहेका छन् । तीन वर्ष बहराइन र दुई वर्ष मलेसियामा काम गर्दाका कष्टपूर्ण क्षण भने उनको सम्झनामा ताजै छन् । 

“घरमा किराना व्यवसाय छ, तरकारी खेती गरेको छु, विदेशको जति कमाइ यहीँ छ”, उनले भने । धन कमाउने आशामा खाडीमुलुक चहारेका बुढा आखिरीमा घर फर्केर कृषिको व्यावसायीकरणतर्फ लागे। विदेशबाट फर्केर झिवाखोलामा कृषि कर्म गर्नेमा बुढा एक्लो छैनन्। बुढालाई कृषिमा साथ दिएका छन् सोही ठाउँका विमल शाहीले ।

शाही पनि अघिल्लो वर्ष नै दुबईबाट घर फर्किएका थिए । एक वर्ष पनि दुबई नबसी फर्किएका शाही, बुढा र अर्का स्थानीय श्यामबहादुर शाही मिलेर सामूहिक तरकारी खेती गरीरहेका छन् । “विदेशको दुःख, कष्ट देखेपछि स्वदेशमै फर्केर केही गर्ने सोच आयो”, बिमलले भने, “नेपाल आएपछि युवा मिलेर निसीखोला कृषि फार्म खोलेका छौँ ।” 

कृषिबाटै आत्मनिर्भर बन्ने उद्देश्यसहित तीनै युवा व्यावसायिक कृषिमा लागेका हुन् । “मौसमअनुसारको तरकारी उत्पादन भइरहेको छ, बजारलाई कुनै समस्या छैन”, शाहीले भने, “आम्दानी पनि राम्रै छ, लगानी थप्ने योजनामा छौँ ।” शुरुमा तरकारी खेतीका लागि रु चार लाख लगानी भएको उनको भनाइ छ । 

पाँच वर्षे कोरिया बसाइँ छोट्याएर बीचमै नेपाल फर्कनुभएका जैमिनी नगरपालिका–१ कुश्मीसेराका भीमप्रसाद आचार्य पनि हिजोआज बाख्राको स्यहारसुसारमा व्यस्त छन्। आचार्यको फार्ममा अहिले २८ वटा स्थानीय खरी जातका बाख्रा छन् । 

तीन वर्षअघि कोरियाबाट फर्किएका आचार्य व्यावसायिक बाख्रापालनतिर लागेका हुन् । बाख्रासँगै कुखुरापालन र तरकारी खेतीलाई पनि व्यावसायिक बनाउने उनको योजना छ । “मासिक रु एक लाख कमाउने लक्ष्यसहित कृषिमा लागेको छु”, उनले भने, “अहिले बाख्राको बगाल बढाउने र लगानी थप्नेतिरै मेरो बढी जोड छ ।”

विगत १७ वर्ष प्रवासमा बिताउनुभएका गलकोट नगरपालिका–११ रिघाका जीतबहादुर रानामगरले पनि स्वदेश फर्केपछि कृषि राेजे। स्थानीय रामप्रसाद पुन र शेरबहादुर श्रीससँग मिलेर आठ वर्षअघि खोलेको ‘मिलिजुली कृषि फार्म’बाट अहिले वार्षिक रु २० लाखभन्दा बढीको तरकारी उत्पादन भइरहेको छ । करीब १४ रोपनी जग्गामा तरकारी खेती भइरहेको रानामगरको भनाइ छ । 

“१२ वटा हाइटेक प्रविधिको टनेलमा तरकारी खेती छ, अहिलेसम्म रु ४० लाख जति लगानी भइसक्यो”, उनले भने । फार्मले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रु १० लाख अनुदानसमेत पाएको छ । फार्म सञ्चालनमा आएपछि दुई जनाले रोजगारीसमेत पाएका छन् ।

यी तिनै प्रतिनिधि पात्र हुन् जस्ले विदेश त्यागे, कृषि रोजे र गाउँका उदाहरण पनि बने । पछिल्लो समय विदेशबाट फर्केर कृषि उद्यममा लाग्नेको संख्या बढ्दो छ । त्यस्ता उद्यमीलाई सरकारले पनि विशेष अनुदान, सहुलियत दरको ऋण र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

विदेशबाट फर्केर व्यावसायिक कृषि गर्ने युवाले कृषिका कार्यक्रममा प्राथमिकता पाएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए। “लागत साझेदारीमा ५० प्रतिशतसम्म अनुदान दिन्छौँ, तालिमलगायत प्राविधिक सहयोग पनि उपलब्ध हुन्छ”, उनले भने ।

कार्यालयबाट सञ्चालन हुने जैविक तरकारी खेती, नमूना फार्म र हाइटेक टनेल खेतीसम्बन्धी कार्यक्रममा बढीजसो युवानै सङ्लग्न छन् । जैविक तरकारीतर्फ बागलुङमा सबैभन्दा बढी कार्यक्रम परेको केन्द्रले जनाएको छ । यो वर्ष उक्त कार्यक्रमका लागि रु डेढ करोड बजेट छुट्टिएको छ ।

“पहिले एउटामात्र टनेल पाउने अवस्था थियो, अहिले एउटै किसानलाई लाखौँ रुपैयाँसम्म अनुदान जान्छ”, अधिकृत रेग्मीले भने, “कृषिमा समर्पित भएर लाग्नेलाई राम्रो अवसर छ, परिश्रमीले निराश हुनु पर्दैन ।” रामबहादुर थापा/तारानाथ आचार्य, रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x