×

NMB BANK
NIC ASIA

हुम्लामा ३ दिनदेखि सञ्चार अवरुद्ध

असोज ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हुम्ला– गत भदौ २० गतेदेखि विद्युत् अवरुद्ध हुँदा तीन दिनदेखि सिमकोटमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

Muktinath Bank

विद्युत् अवरुद्धपछि नेपाल टेलिकम शाखाले जेनेरेटर सञ्चालन गरेर सदरमुकाम आसपासलाई सञ्चारमा जोडे पनि तीन दिनदेखि जेनेरेटर बिग्रँदा यहाँका स्थानीय सञ्चारविच्छेद हुन पुगेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भदौ २० गतेदेखि पेन स्टक पाई र नहर मर्मतका लागि भन्दै करीब २० दिनका लागि विद्युत् बन्द हुँदा पावर नपुगेर जेनेरेटरबाट सेवाग्राहीलाई सञ्चारमा जोडे पनि सदरमुकामसहित आसपासका क्षेत्र सञ्चार विच्छेद हुन पुगेका छन् । जिल्लामा नमस्ते, इस्काई ल्यान्डलाइनले काम नगर्दा सेवाग्राही भने मर्कामा परेका छन् । 


Advertisment
Nabil box
Kumari

विद्युत् पावरका कारण बन्द रहेको नेपाल टेलिकमका सबै सेवा नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जको अनुमति लिएर जेनेरेटर सञ्चालन गरेर सेवा सञ्चालन गरिएको भए पनि सेवाग्राहीलाई सञ्चारमा जोड्न कुनै विकल्प नभएको नेपाल टेलिकम शाखा जुम्लाका निमित्त प्रमुख रामबहादुर बोहराले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

टेलिकमको सेवा बन्द हुँदा जिल्लामा रहेका वल्र्ड लिङ्क र एनसेलको सेवा पनि प्रभावित बनेका छन् । जिल्ला सदरमुकाम सिमकोटमा एनसेलको एउटा मात्रै टावर रहे पनि क्षमताभन्दा बढी सेवाग्राहीले एनसेलको सिम कार्ड प्रयोग गर्दा फोनले काम नगरेको हो । नेपाल टेलिकम शाखा कार्यालय सिमकोटमा लाखौँ मूल्यका सोलार प्यानल भए पनि मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छन् । 

पावर हाउसमा रहेका १२ वटा पेन स्टक पाइप ओसार्न ढिलाइ हुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । आज मात्रै बाँकी रहेका १२ वटा पेन स्टक पाइप ओसार्न तीनवटै सुरक्षा निकायका अङ्ग प्रजिअ विनिता भट्टराईको नेतृत्वमा हेल्दुममा गएका सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिए। 

हेल्दुम विरतण केन्द्रले वितरण गर्दै आएको विद्युत् अवरुद्ध हुँदा जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज ठप्प हुनाका साथै सदरमुकाममा सञ्चालित इलेक्ट्रोनिक पसल, कम्प्युटर इन्स्टिच्युटलाई समेत घाटा भएको अलिश्मा इन्स्टिच्युटका सञ्चालक प्रेम बोहराले जानकारी दिए। विद्युत् अवरुद्धसँगै जिल्लामा टेलिफोन, इन्टरनेट नहुँदा इमेल, फ्याक्स गर्न नसकिएको उनले बताए। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x