×

NMB BANK
NIC ASIA

नेपालले राष्ट्रस‌ंघमा विकासका विषयलाई जोडदार रुपमा उठाउने

असोज ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– गत मङ्गलबारदेखि शुरु भएको संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभाअन्तर्गत आगामी सोमबारदेखि शुक्रबारसम्म न्युयोर्कमा हुने उच्चस्तरीय बैठकहरुमा नेपालले विकासका विषयलाई जोडदार रुपमा उठाउने भएको छ । 

Muktinath Bank

विश्वका १८८ देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुख वा उपराष्ट्रपति वा उपप्रधानमन्त्री अथवा विदेशमन्त्री र प्रतिनिधिको सहभागितामा हुने जलवायु परिवर्तन, दिगो विकास, विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकास लागि लगानी, अल्प विकसित मुलुकका मामिलालगायत विषय हुने बैठकमा नेपालले पनि सक्रिय भएर आफ्ना विकासका प्राथमिकता र साझा चासोका अन्तर्राष्ट्रिय मुद्दामा अभिमत प्रस्तुत गर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा यही असोज ६ गते हुने जलवायु परिवर्तनसम्बन्धी बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।


Advertisment
Nabil box
Kumari

बैठकमा नेपाल सरकारले जलवायु परिवर्तन–२०७६ कार्यान्वयनका साथै अनुकूलन क्षमता वृद्धिका दिशामा अपनाएका उपाय, कृषि र खाद्य सुरक्षा, वन तथा जैविक विविधता, संरक्षणका क्षेत्रमा गरेका प्रगतिबारे जानकारी गराउनेछ । 

Vianet communication
Laxmi Bank

अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिले मानव जीविकोपार्जनमा पारेका असर र प्रभाव घटाउने, हरितगृह ग्यास उत्सर्जनमा शून्य योगदान गरेको नेपाल जलवायु परिवर्तनका दुष्परिणाम भोग्न बाध्य भएको वास्तविकता पनि बैठकमा प्रस्तुत हुनेछ । 

त्यसैगरी विश्वव्यापी स्वास्थ्य सरोकार बैठकमा दिगो विकास लक्ष्य हासिल गर्नेसम्बन्धी तेस्रो लक्ष्य प्राप्तिका दिशामा नेपाल सरकारबाट भएका प्रयत्नका साथै अन्तर्राष्ट्रिय समुदायको सहयोग विस्तारको समीक्षा पनि हुनेछ । 

प्रतिनिधिमण्डलका नेता ज्ञवालीसहित उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिव डा पुष्पा चौधरी सम्मिलित उक्त बैठकमा नेपालले स्वास्थ्यका क्षेत्रमा हासिल गरेका उपलब्धि र चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई सुनाइनेछ । 

स्रहस्राब्दी विकास लक्ष्यको अत्यावधिक मूल्याङ्कनसम्बन्धी अर्को बैठकमा राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट र सदस्य दीनानाथ शर्मासहित राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वलीले मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डललाई साथ दिनुहुने कार्यक्रम छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x