×

NMB BANK
NIC ASIA

संसदीय गतिविधिबारे विद्यार्थीलाई जानकारी

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–ठीक सामुन्ने सभामुखको च्याम्बर, दायाँबायाँ सत्तापक्ष र विपक्षीको सिट रोल, झट्ट हेर्दा साँच्चिकै सांसद्जस्ता, तर यो संसद् भवन भने होइन । यो कुमारीपाटीस्थित काठमाडौँ भ्याली कलेजका विद्यार्थीलाई संसद्को अभ्यासबारे जानकारी दिन आयोजना गरिएको मक पारल्यामेन्टको दृश्य हो ।

Sagarmatha Cement
Muktinath Bank

दायाँबाँया सिट रोलमा सांसदहरुले आसन ग्रहण गरिसकेका थिए । अत्यासलाग्दो पखाईपछि मर्यादापालकको सुरक्षाको बीचमा सभामुखको आगमन भयो । आसन ग्रहणपछि सभामुखले भने, “संसदको कार्य प्रारम्भ हुन्छ । शून्य समय, विशेष समय साँच्चिकै संसद्मा जस्तै सञ्चालनको घोषणा भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउण्डेशनले वनस्पतिविद् प्रयागराज पाण्डेको शतवार्षिकीका अवसरमा विभिन्न कलेजका विद्यार्थीलाई नेपालको संसदीय व्यवस्था र संसद् गतिविधिमाथि जानकारी दिन मक पारल्यामेन्टसम्बन्धी प्रयोगात्मक कार्यक्रमको आयोजना गरेको हो ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय विज्ञान दिवस तथा संविधान दिवसको अवसरसमेत पारेर आयोजना गरिएकोे सो कार्यक्रममा नेशनल ल कलेज, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट तथा कान्तिपुर भ्याली कलेजका ६० भन्दा बढी विद्यार्थीले भाग लिएका थिए ।

Vianet communication
Laxmi Bank

सांसदको भूमिकामा रहेका २२ विद्यार्थीले शून्य समयमा काठमाडौँमा थुप्रिएका फोहर, वातावरण प्रदूषण, प्लाष्टिकजन्य फोहर, नागरिक अधिकार, एक घर, एक शौचालय, शिक्षा प्राप्तिका हक, निजगढ विमानस्थल, स्वतन्त्र सञ्चारमाध्यम आदि विषयमा प्रश्न उठाएका थिए ।

सभामुखको भूमिकामा  पूर्णहरि अमात्य तथा सांसदको भूमिकामा रहेका नेशनल कलेजका विद्यार्थी अप्सरा घर्तीमगर, सिजन मल्ल, दीक्षा अधिकारी, सुम्निमा पाण्डे, कान्तिपुर भ्याली कलेजका वसन्त चौधरी, सुरज श्रेष्ठ, प्रतिमा भुसाललगायतका २२ जनाले धारणा राखेका थिए ।

सो अवसरमा नेपाली काङ्ग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले नेपालमा संविधान जारी गर्दाको बखत सहमति जुटाउन निकै कठिन रहेको बताउँदै विसं २००७ पछि नेपालमा थुप्रै संविधान आए पनि जनताको पक्षमा यो पहिलोपटक राम्रो संविधान आएको बताए।

यो संविधान परिवर्तनशील संविधान भएकाले जनताले चाहेको कुरा संविधानमा राख्ने र जनविरोधी कुरा हटाउन सक्ने बताउँदै उनले कलेजका विद्यार्थी सांसदहरुको शून्य समय, विशेष समय आदिको प्रस्तुतीकरण राम्रो रहेको बताउँदै यसले विद्यार्थीलाई भविष्यमा देश चलाउन ज्ञान दिने धारणा राखे।

प्रतिष्ठानका संस्थापक अध्यक्ष मधुसुदन विष्टले नेपालको संसदीय अभ्यासमा विकृति भित्रिएको बताउँदै विद्यार्थीलाई संसदीय गतिविधिको ज्ञान दिन  र भविष्यका सांसदहरुलाई प्रशिक्षण दिन यो कार्यक्रमको आयोजना गरेको बताए। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x