जागरण अभियान लिएर  रामचन्द्र पौडेल ५ नम्बर प्रदेश दौडाहामा

असोज ५, २०७६

भैरहवा ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोश्रो जागरण अभियान अन्तरगत प्रदेश नम्बर पाँचका विभिन्न जिल्लाको भ्रमण शुरू गरेका छन् ।

पाँच नम्बर प्रदेशका रुपन्देही, कपिलबस्तु, प्यूठान, रोल्पा, दाङ तथा बाँके जिल्लाका विभिन्न कार्यक्रममा सहभागि हुने पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए । 


ADVERTISEMENT

दोश्रो चरणको जागरण अभियान अन्तरगत प्रदेश नम्बर पाँचका कार्यक्रममा सहभागि हुन पौडेल आज (आइतवार) भैरहवा पुगेका हुन् । 

पौडेललाई भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाली कांग्रेसका रुपन्देही सभापति अब्दुल रज्जाक, कपिलबस्तु सभापति सुरेन्द्रराज आचार्यलगायतका नेता कार्यकर्ताले स्वागत गरेका थिए । 

उनले आजै कपिलवस्तु जाने र तौलीहवामा  जागरण अभियानको सम्वोधन गर्नेछन् ।  उनी सोमवार विहान कपिलवस्तुबाट प्यूठान जाने र जागरण अभियानलाई सम्बोधन गर्नेछन् ।  

सहयोगी अधिकारीका अनुसार, नेता पाैडेलले मंगलवार कांग्रेस रोल्पा जिल्लाले आयोजना गरेको विभिन्न कार्यक्रमलाई सम्वोधन गर्ने तथा जागरण अभियानको समापन कार्यक्रमलाई सम्वोधन गर्ने कार्यसूची रहेको छ ।

नेता पौडेल बुधवार स्वर्गद्धारीबाट दाङ्ग गएर त्यहाँ हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।  विहिवार  पनि उनी त्यहाँ नै रही विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने छन् । 

पौडेलको दोश्रो जागरण अभियान अन्तगतका विभिन्न कार्यक्रममा सहभागि भएर असोज १० गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 


 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस