×

NMB BANK
NIC ASIA

सञ्चालनमा आयो मानवीय श्रम र धुवाँमुक्त इँटा उद्योग

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बेत्रावती– नुवाकोटको लिखु गाउँपालिका–१ मुरलीटारमा भैरवीमाई इँटा उद्योग प्रालि सञ्चालनमा आएको छ । विद्युतीय उकरणमार्फत उत्पादन हुने भएकाले इँटाको गुणस्तर नेपालमै उच्च कोटीमा रहेको उद्योगको दाबी छ ।

Sagarmatha Cement
Muktinath Bank

चिनियाँ प्रविधि र जनशक्तिमार्फत निर्माण गरिएको आधुनिक इँटा उद्योगले आजदेखि नियमित उत्पादन शुरू गरेको प्रालिका अध्यक्ष हरिकृष्ण महर्जनले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'उद्योगको उत्पादन प्रविधि र उपकरणका सहायताबाट गरिएको छ भने धुवाँ र मानवीय श्रममुक्त भएकाले उद्योग वातावरणमैत्री रहेको छ', उनले भने, 'माटो खन्नेदेखि उत्पादनसम्मका सबै काम प्रविधि र उपकरणको सहायताबाट हुन्छ । कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा उपभोक्तालाई हाल बजारको मूल्यभन्दा सस्तो, आकारमा ठूलो र गुणस्तरीय उत्पादनसमेत दिइनेछ ।' 
 
इँटा उद्योगमा हुने बालश्रम तथा श्रमशोषण विकराल रहेको अवस्थामा सञ्चालनमा आएको यस उद्योगले ती समस्या समाधान गर्ने विश्वास लिइएको छ । विद्युतीय टनेलमार्फत तयार गरिने हुँदा इँटा उत्पादनका क्रममा आउने धुवाँले वातावरणमा पुर्‍याउने समस्या र इँटा पोल्न काठका लागि हुने जङ्गल फँडानीसमेत निवारण हुने उद्योगले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

उद्योग सञ्चालक समितिका सदस्य नारायणमान श्रेष्ठका अनुसार हाल सञ्चालमा रहेका अन्य इँटा उद्योगले हिउँदको समयमा मात्र चल्ने, बादल र वर्षाबाट उत्पादन प्रभावित बन्ने भए पनि भैरवीमाई उद्योग बाह्रै महीना चलाउन सकिनेछ ।

Vianet communication
Laxmi Bank

यहाँ उत्पादन भएका इँटा काठमाडौं उपत्यका सहित चितवन, हेटौंडा, पोखरालगायतका स्थानसम्म पहुँच राख्नसक्ने सञ्चालकको दाबी छ ।

हाल ८० रोपनी जग्गामा फैलिएको आधुनिक संरचनामा निर्मित उक्त उद्योगमा रु ३५ करोड लगानी रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x