कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडाैं– सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ ।
सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरू गर्ने निर्णय गरेको थियो । सो पुरस्कार पहिलो पटक आज (आइतवार) डा रुइतलाई प्रदान गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा रुइतलाई रु पाँच लाखको राशिसहितको सो पुरस्कार प्रदान गरिन्।
त्यसैगरी राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने लमजुङ लक्ष्मीनगर निवासी रदी मियाँ र सोलार स्कुटर, ट्राफिक मास्क मादक पदार्थ सेवन गरी सवारी चलाए स्टार्ट बन्द हुने प्रविधि बनाएका तनहुँका अन्वेषक विकल्प ढुङ्गानाको योगदानको कदर गर्दै ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग–२०७५’ स्वरुप जनही रु दुई लाख ५० हजार प्रदान गरिन्।
डा रुइतले आफ्नो नेतृत्वमा तिलगङ्गा अस्पताल खोली तीन दशकदेखि आँखाका उपचारमा नेपालमा मात्र नभएर भारत, भुटान, चीनलगायत देशमा पनि सेवा प्रदान गर्दै आएका छन् । उनले तिलगङ्गा अस्पतालले शुरू गरेको नयाँ प्रविधिलाई एशिया, अफ्रिका र दक्षिण अमेरिकामा पनि लैजाने निर्णय गरिएको जानकारी दिए ।
‘डा रुइत नेत्र चिकित्सा क्षेत्रमा चम्किला नक्षत्र’
राष्ट्रपति भण्डारीले डा रुइत नेत्र चिकित्साका क्षेत्रमा चम्किला नक्षेत्र भएको बताएकी छिन् । 'नेपालको हिमाली जिल्ला लमजुङको दुर्गम क्षेत्रमा जन्मनुभएका डा इरुतले मानवकल्याणका क्षेत्रमा योगदान पुर्याउनुभएको छ', राष्ट्रपति भण्डारीले भनिन्, 'डा रुइत नेत्र चिकित्साको क्षेत्रमा चम्किला नक्षत्र नै हुनुहुन्छ, आगामी दिनमा उहाँले थप ख्याति प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।'
उनले आगामी दिनमा थप अनुसन्धान र आविष्कारको काम होस् भन्ने कामनासमेत गरिन्। कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने मियाँ र ढुङ्गानालाई थप आविष्कारका लागि प्रोत्साहन मिल्ने विश्वास पनि व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले नेपाल प्रतिभाको उर्वर भूमि भएको उल्लेख गर्दै यस धर्तीमा विश्व शान्तिका अग्रदूत गौतमबुद्ध, वेद र पुराणका रचनाकार व्यास, ऋषि याज्ञवल्क्यले जन्म लिएको र ‘रामायण’का रचयिता वाल्मीकि आदिको पवित्र कर्मथलो भएको स्मरण गरिन्।
उनले नेपाललाई विश्वमा चिनाउने प्रतिभाको ठूलै सङ्ख्या यहाँ रहेको उल्लेख गर्दै नेपाल सरकारले मुलुकको शान्ति, सुशासन, नवप्रवत्र्तन, वैज्ञानिक खोज, अनुसन्धान गर्ने तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्ने र योगदानको कदर गर्ने नीति लिएको प्रति खुशी व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले भनिन्, 'सरकारले राष्ट्रिय प्रतिभालाई पुरस्कार प्रदान गर्ने परम्पराको थालनी गरेको छ, सरकारले हरेक वर्ष असाधारण प्रतिभा भएको व्यक्तिलाई सम्मान गर्दा प्रोत्साहन मिल्छ, यो कार्यका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु ।'
सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुरस्कार प्रदान गर्नुको मुख्य उद्देश्य मुलुकमा नवप्रवत्र्तन, वैज्ञानिक खोज तथा विकासमा लाग्न प्रेरित गर्नु र बालबालिकालाई प्रोत्साहन दिएको स्पष्ट पार्दै यसबाट देशका युवापुस्ताको नवप्रविधिको आविष्कारमा आकर्षणमा वृद्धि हुनेछ भन्ने विश्वास व्यक्त गरे।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...