इन्टरनेट मर्मत शुल्कमा कर उठाइने

असोज ६, २०७६

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले साउनअघि इन्टरनेट सेवा प्रदायकले उपभोक्तासँग मर्मत सम्भार शुल्कबापत असुलेको रकममा ६ प्रतिशत कर लगाउने निर्णय गरेको छ ।

सेवा प्रदायकले असुलेको रकममा ग्रामीण दूरसञ्चार कोष शीर्षकमा २ प्रतिशत र रोयल्टी शीर्षकमा ४ प्रतिशत रकम उठाउने निर्णय गरिएको प्राधिकरणका अध्यक्ष पुरुशोत्तम खनालले जानकारी दिए । सेवा प्रदायकबाट यो शीर्षकमा कति रकम उठ्ने हो गणना गर्न बाँकी रहेको उनले बताए । 


ADVERTISEMENT

गत साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले यस्तो निर्णय  गरेको हो ।

साउनमा मन्त्रिपरिषद्ले दूरसञ्चार नियमावली संशोधन गर्दै सेवा प्रदायकले मर्मत सम्भार शुल्कबापत रकम लिन पाउने व्यवस्था गरेको थियो ।

संशोधनअघि नियमावलीमा सेवा प्रदायकले मर्मत सम्भार शुल्कबापत कुनै शुल्क लिन नपाउने व्यवस्था थियो । नियमावलीमा यस्तो व्यवस्था भएपनि सेवा प्रदायकले उपभोक्तासँग मर्मत सम्भार शुल्क लिनेगरेका थिए । उनीहरूले मर्मत सम्भारबापत उठाएको शुल्कको भ्याट मात्रै तिर्दै आएका थिए । कान्तिपुर दैनिकमा खबर छ । 
 

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस