प्रहरीकै जग्गा कब्जा

असोज ६, २०७६

दोलखा– कालिञ्चोकमा प्रहरी चौकी स्थापना गर्न उपलब्ध गराइएको करिब ३ रोपनी जग्गा कब्जा भएको छ ।

भीमेश्वर कालिञ्चोक त्रिपुरासुन्दरी गुठी व्यवस्थापन समितिले कालिञ्चोक भगवती मन्दिरको सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्न उक्त जग्गा उपलब्ध गराएको थियो ।


ADVERTISEMENT

कालिञ्चोक गाउँपालिका १, कालिञ्चोकको कुरी भञ्ज्याङमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि २०७३ भदौ ३० गते सो गुठी व्यवस्थापन समितिले करिब ३ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

जिल्ला सुरक्षा समितिले कालिञ्चोकमा अस्थायी प्रहरी चौकी स्थापना गर्न निर्णय गरी आवश्यक दरवन्दी र बजेट विनियोजनको लागि प्रहरी प्रधान कार्यलयमार्फत अर्थ मन्त्रालयमा पठाएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

३ वर्षसम्म अस्थायी प्रहरी चौकी स्थापनाको टुंगो नलाग्दा कालिञ्चोकमा जग्गा अतिक्रमण गर्ने समूहले प्रहरीको जग्गा क्बजा गरी होटल बनाउन शुरू गरेका छन् । अन्नपुर्ण दैनिकमा खबर छ । 
 

असोज ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस