×

NMB BANK
NIC ASIA

काठमाडौं–साताको पहिलो दिन दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज (सोमवार) भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

यस्तै सेन्सेटिभ परिसूचक ०.१० अङ्कले बढेर २४९.८१ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार भने अत्यन्त न्यून रह्यो । आज कुल १७० कम्पनीको सात लाख ४३ हजार ३१५ कित्ता शेयर रु १७ करोड ७२ लाख ७९ हजार ०३९ मा खरिदबिक्री भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारोबार भएका कूल १२ मध्ये नौ उपसमूहको शेयर बढेको छ भने तीन उपसमूहको शेयर ओरालो लागेको छ । बैङ्किङ ०.४४, व्यापार ८.१८, होटल २.२७, विकास बैङ्क २.७६, निर्जीवन बीमा ८.३५, उत्पादन ८.४५, अन्य ३.९५, लघुवित्त ३.७९ र जीवन बीमा १६.५९ अङ्कले बढे । त्यस्तै जलविद्युत् ०.६८, वित्त ०.१७ र सामूहिक लगानी कोष ०.०६ अङ्कले घटे । 


Advertisment
Nabil box
Kumari

स्टकका अनुसार कारोबार रकमका आधारमा प्रभु बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु एक करोड २५ लाख २३ हजार ४४७ मा खरीदबिक्री भयो । त्यसैगरी शिवम् सिमेन्ट रु एक करोड २० लाख ५२ हजार ५०३, सिद्धार्थ बैङ्क रु ८५ लाख २८ हजार ७३३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ८३ लाख २६ हजार ९७८, कृषि विकास बैङ्क रु ७१ लाख ३२ हजार ४१३ र नेपाल बङ्गलादेश बैङ्क लिमिटेडको शेयर रु ५९ लाख ६८ हजार ५०० मा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो । 

Vianet communication
Laxmi Bank

परिसूचक बढेपनि युनियन हाइड्रोपावरका शेयधनीले ३.७७ प्रतिशतले गुमाए । यसैगरी माउन्टेन हाइड्रो नेपाल ३.७०, आँखुखोला जलविद्युत् कम्पनी ३.४४, ग्लोबल आइएमई समुन्नत स्किम–१ को ३.३६ र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका शेयरधनीले ३.२६ प्रतिशतले गुमाए । 

साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ४.९४ प्रतिशतले कमाउँदा सिर्जना फाइनान्स वित्तीय संस्था ३.९०, जोशी हाइड्रोपावर डेभलपमेन्ट ३.५१, साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क ३.२७ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ३.०८ प्रतिशतले कमाए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x