×

NMB BANK
NIC ASIA

यातायात सुरक्षा

दशैंको मौकामा यातायात टिकटमा कालोबजारी गर्दै हुनुहुन्छ ? होसियार !

असोज ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कालोबजारी (ब्ल्याक) मा टिकट बेच्नेलाई नियन्त्रण गर्न प्रहरीले सादा पोशाकमा प्रहरी खटाएको छ ।

Muktinath Bank

बसका टिकट बिक्री हुने नयाँ बसपार्क, गौशाला, कोटेश्वर, कलंकी लगायत ठाउँका काउन्टरबाट प्रहरीले निगरानी बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाडपर्वलाई दृष्टिगत गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत सादा पोशाकमा प्रहरी खटाएको महानगरीय ट्राफिक प्रहरी महाशाखा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए ।


Advertisment
Nabil box
Kumari

एसएसपी ढकालले लोकान्तरसँगको कुराकानीमा भने, ‘दशैैंतिहार, छठ र नेपाल संवत्को समयमा बजार क्षेत्र, मन्दिर क्षेत्रमा आ–आफ्नो घर जानको लागि नयाँ बसपार्क लगायत काठमाडौं उपत्यकामा भीडभाड हुने, जथाभावी पार्किङ हुने भएकाले विशेष व्यवस्था ल्याएका हौं ।’

Vianet communication
Laxmi Bank

नयाँ बसपार्कमा विशेष व्यवस्था

दशैंमा उपत्यकाको नयाँ बसपार्कबाट बाहिरिने २० लाख यात्रुलाई लक्षित गरेर ट्राफिक प्रहरीले नयाँ योजना ल्याएको छ । प्रहरीले उपत्यकाका १४ वटा हेल्प डेस्क (यात्रु सहायता कक्ष) स्थापना गर्ने भएको छ । नयाँ बसपार्कमा डेस्क स्थापना भइसकेको ट्राफिक प्रमुख ढकालले बताए ।

नयाँ बसपार्कबाट बाहिरिने हरेक यातायातका साधनले प्राविधिक चेकजाँचको प्रमाणपत्र प्रहरीलाई अनिवार्य रुपमा बुझाउनुपर्ने छ । 

हेल्प डेस्कबाट नागरिकले के सुविधा पाउँछन् ?

यातायात सेवामा नागरिक तथा यात्रु नठगिउन् भन्ने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको एसएसपी ढकालले बताए । ‘यात्रुहरूको यात्रा सहज होस्, यात्रुलाई ब्ल्याक टिकटबाट कसैलाई नठगोस् भन्ने हिसाबले स्थापना गरेका हौं,’ उनले भने ।

नागरिकलाई सुरक्षा सचेतना, सुरक्षाका टिप्स लगायतका विषयलाई सहयोग गर्नका लागि ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात कार्यालयका कर्मचारी र यातायात व्यवसायीको सहभागितामा हेल्प डेस्क स्थापना गरिएको एसएसपी ढकालले बताए ।

मादक पदार्थ सेवन जाँच कक्ष

मादक पदार्थ सेवनका कारण दुर्घटना हुने भएकाले दशैंतिहारमा बाहिरिने लामो दूरीका सवारीसाधन चलाउने चालकको मादक पदार्थ सेवन जाँच गर्न विभिन्न ठाउँमा जाँच कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

लामो दूरीका सवारीसाधनमा २ जना चालक अनिवार्य

उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारीसाधनले अनिवार्य रुपमा २ जना चालक राख्नैपर्ने भएको छ । २ चालकको नियम पुरानै भएपनि यातायात व्यवसायीले कार्यान्वयनमा लापरवाही गर्ने गरेका थिए । १ जना मात्र चालक हुँदा दुर्घटना हुने भएकाले अनिवार्यरुपमा २ जना चालक हुनुपर्ने नियममा कडाइ गरिने ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

‘बीचमा ड्राइभर परिर्वत गरे/नगरेको प्राविधिक संयन्त्र प्रयोग गरेर निगरानी गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘उपत्यकाको बसपार्कबाट ड्राइभरको फोटो लिइएको हुन्छ र त्यो फोटो देशका विभिन्न ट्राफिक प्रहरीहरूलाई पठाइएको हुन्छ । ड्राइभर परिर्वतन गर्ने स्थानमा ड्राइभर परिवर्तन भएको छ/छैन भन्ने विषय त्यहाँको ट्राफिक प्रहरीले हेर्छ ।’

कुनै सवारीसाधनले यात्रुलाई ‘मुडा मिलाइदिन्छु’, ‘मुडामा जानुपर्छ’ भन्यो भने ट्राफिक प्रहरी, प्रहरी वा नजिकैको सहायता कक्षमा सम्पर्क गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर १०३ मा समेत खबर गर्न सकिने छ ।

नागढुंगा–कलंकीमा गाडी बिग्रिए र्‍याकर प्रयोग !

सवारीसाधनलाई कलंकीको जामबाट मुक्त गर्न बिग्रिएका गाडी उठाउने उपकरण ‘र्‍याकर’को व्यवस्था गरिएको ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकालले बताए । ‘हामै्र नियन्त्रणमा हुने गरी नागढुंगामा एउटा र्‍याकर राखिएको छ, यदि कुनै ठाउँमा सवारीसाधन बिग्रिएमा तुरुन्त बिग्रेको गाडी उठाइने छ,’ उनले भने ।

‘पोशाक र आईडी कार्ड भएकासँग मात्र टिकट काट्नू’

उपत्यकाका बसपार्कका यात्रुले दलालबाट मुक्त हुन टिकट काट्नको लागि विशेष खालको पोशाक र आईडी कार्डको व्यवस्था गरिएको एसएसपी ढकालले बताए । ‘टिकट मिलाइदिन्छौं भन्दै हुने ठगी पूर्णरुपमा शून्यमा झार्नको लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी र प्रहरी लगायतको समन्वयमा यस्तो व्यवस्था गरेका हौं,’ ढकालले भने, ‘दुःखद घटना नघटून्, यात्रुलाई सास्ती नहोस् भन्ने कुरालाई मध्यनजर गरेर योजना बनाएका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x