जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

असोज ९, २०७६

मकवानपुर–प्रभु बैंकले जिल्ला प्रशासन  कार्यालय, हेटौंडामा  एक्स्टेन्सन काउन्टरसञ्चालनमा ल्याएको छ ।

जिल्ला प्रशासन  कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरको विहिवार जिल्ला प्रशासन  कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले एक समारोहका विच उद्घाटन गरेका हुन् ।  


ADVERTISEMENT

जिल्ला प्रशासन  कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा  रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन  कार्यालयको काम गर्न सक्ने बैंकले विश्वास लिएको छ । 

प्रभु बैंकले हालसम्म १ सय ९५ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटीएम तथा ३५ वटा एक्स्टेन्सन काउन्टरहरु मार्फत बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

असोज ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस