×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश सभामा सभामुख र सत्तारुढ सांसदबीच चर्काचर्की

असोज १०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेश सभाको चौथो अधिवेशनको अन्तिम बैठकमा नियमापत्ति प्रकरणले सभामुख र सत्तापक्षीय सांसदबीच बहस भएको छ ।

Muktinath Bank

असोज ९ गते नेकपाका सांसद ठम्मर विष्टले सदनमा अस्लिल, अशिष्ट र अप्रिय शब्द बोलेको बताउँदै नेपाली कांग्रेसका सचेतक हिमबहादुर शाहीले ती शब्द रेकर्डबाट हटाउन माग गर्दै शुक्रवारको बैठकको शुरूमै उठेर विरोध गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस सांसद उठिरहेपछि सभामुख राजबहादुर शाहीले ध्यानाकर्षण भएको बताउँदै प्रक्रिया शुरू गरिने जानकारी दिए । सभामुखको रुलिङपछि प्रतिपक्षी दलका सांसद बसे तर नेकपाका सांसद गोपाल शर्माले बोल्न समय माग गरे तर सभामुख शाहीले शुरूमा बोल्न समय दिएनन् । 


Advertisment
Nabil box
Kumari

प्रदेशसभा नियमावली २०७४ को दोस्रो संशोधन समितिका संयोजक धर्मराज रेग्मीले दोस्रो संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष राखे । छलफलमा नेकपाका नेता यामलाल कँडेल, अम्मरबहादुर थापा र सीता नेपालीले भाग लिए । सामान्य छलफलपश्चात् सभामुख शाहीले समितिमा पठाउने प्रस्ताव सर्वसम्मत पारित भएको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

‘यस सभाको मर्यादा र गरिमालाई कायम राख्न समय–समयमा रुलिङ भइराखेको अवस्थामा पनि अझै यदाकदा संसदको मर्यादामा प्रश्न उठ्ने खालका शब्दहरू आइरहेका छन्,’ सभामुख शाहीले भने, ‘यसै सन्दर्भमा प्रदेश सभाको २०७६ असोज ९ गते बसेको ३२ औं बैठकको विशेष समयमा प्रयोग भएका यस प्रकारका शब्दहरूलाई हटाउन संसद सचिवालयलाई निर्देशन दिन्छु ।’

दोस्रो पटक उठेका सांसद शर्मालाई सभामुख शाहीले बोल्न परेन भन्दै बस्न आग्रह गरे तर अर्का सांसद ठम्मर विष्टले अनुमति मागे । ‘नियमावलीको २० मा भनिएको छ, अस्लिल शब्द बोल्न नपाइने व्यवस्था छ । मैले बोलिरहँदा उहाँले नियमापत्ति गर्नुभएन । दोस्रो कुरा म त्यहीँ कुरालाई म नियमापत्ति गर्दछु । किनकि विगतमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले कम्युनिस्ट पार्टीको धज्जी उडाउनुभएको छ । कुकुरले पिसाब फेरेको जस्ता कुरा उहाँले बोल्नुभएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसलाई कुनै पनि आरोप लगाएको छैन । उहाँहरूले जसरी सेवासुविधा लिएर किन बोल्नुभएको छैन ? मुद्दा उठाउने र सहमति गर्ने जस्ता कुरा किन गर्नुभएको छ भनेर प्रश्न सोधेको हो ।’ 

उनी यतिमै रोकिएनन् । उनले अगाडि थपे, ‘सरकारलाई रचनात्मक आलोचना गर्नुस् भनेर भनेको हो । आवेगमा आएर बोलेको होइन । एकपछि अर्को गरी शब्द हटाउँदै जाने हो भने हाम्रो बोलीमा ताला लाग्ने भो ! जनताका कुराका बारेमा बहस गर्ने थलो संसद नै हो । या त के–के बोल्ने भन्ने शब्दकोश बनाउनुपर्ने भो । नत्र कुनै न कुनै हिसाबले ४० जनालाई लाग्ने हो । यो कुरामा कुनै दम छैन । रि–प्ले गरेर सुन्ने हो भने उहाँले नै संसदको मर्यादा उल्लंघन गर्नुभएको छ । हिजोको मात्रै कुरा होइन सधैंको हेरौं अनि हटाऔं ।’

सभामुख शाहीले बोलेका कुरामा नियमापत्ति गर्नुपर्ने बताए । त्यसपछि सचेतक सीता नेपालीले भनिन्, ‘नियमावलीको दफा २५ ले नियमापत्तिको व्यवस्था गरिएको छ । उतिबेला नै नियमापत्ति गर्नुपर्छ । अनि उतिबेला नै हटाउनुपर्छ । हिजो बोलिएको कुरा आज हटाउनु सान्दर्भिक छैन सभामुख महोदय ।’

सदनमा चौथो अधिवेशनको समीक्षा शुरू भयो । राप्रपा सांसद सोशिला शाहीले बोलिन् । लगत्तै फेरि सांसद ठम्मर विष्ट उठे र भने, ‘माननीय सभामुखज्यू, रेकर्डबाट हटाउने कुरा के भो ?’ सभामुख शाहीले भने, ‘मैले कुनै माननीयको नाम लिएको छैन । शब्द पनि भनेको छैन ।’ उनले स्पष्ट पारे तर उनी रोकिन मानेनन् । उनले सभामुखसँग जिज्ञासा राखिरहे । त्यतिबेला रोस्टममा पुगेर नेपाली कांग्रेसका सांसद दिनबन्धु उभिइरहेका थिए ।

अर्का सांसद गोपाल शर्माले अनुमति विना नै उठेर धारणा राखे । सभामुख शाहीले ‘अनुमति विना नै भन्न त भएन नि माननीय’ भनेर निर्देशन दिए । ‘कुनै एउटा पक्षले उठाएको कुरालाई मात्रै ध्यान दिए सभामुख एकपक्षीय भन्ने आरोप लाग्न सक्छ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताको मात्रै भनाई एकपटक हेरौं । रि–प्ले गरेर हेरौं । हिजो उहाँले अस्लिल शब्द प्रयोग गर्नुभएन । नियमापत्ति गर्ने हो भने उतिबेलै गर्नुपर्ने सीता नेपालीको भनाई सही हो । नभए सभामुख विवादमा पर्न सक्ने देखियो ।’

सभामुख शाहीले सुझावका लागि धन्यवाद दिँदै मागबारे बसेर सल्लाह गर्न सकिने बताए । त्यसपछि संसद नियमित रुपमा सञ्चालन भयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x