×

NMB BANK
NIC ASIA

बिदाको दिन चलाएपछि नगरपालिकाको गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा

असोज ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – जिल्ला ट्राफिक कार्यालय सुर्खेतले बिदाको दिन शनिवार विहान मंगलगढी चोकबाट बा२झ ३९७२ नम्बरको सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

Muktinath Bank

नियन्त्रणमा लिइएको गाडी कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जर्सी पाण्डेले प्रयोग गर्दै आइरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाडी चालक विनोद खड्काले चलाइरहेको बेला प्रहरीले गाडी नियन्त्रणमा लिएको हो । ‘बिदाको दिन सरकारी गाडी चलाउँदा जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र अनिवार्य रुपमा चाहिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘उहाँहरूसँग केही पनि कागजात नभएका कारण हामीले नियन्त्रणमा लिएका हौं । भोलि कार्यालय समयमा गाडी छोडिदिन्छौं ।’


Advertisment
Nabil box
Kumari

खाँडाचक्र नगरपालिकाका नगर प्रमुख पाण्डेले गल्ती भएको स्वीकार गरे । ‘म आफू काठमाडौंबाट हिजो मात्रै फर्कें,’ उनले भने, ‘चालकले अनुमतिपत्र ल्याउनुपर्ने हो, ल्याएनन् ।’ उनले गाडी मर्मतका लागि ग्यारेजमा लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको दाबी गरे ।

Vianet communication
Laxmi Bank

जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले सरकारी नम्बर प्लेट भएका जुनसुकै गाडीको प्रयोग बिदाको दिनमा गर्नुपरे जिल्ला प्रशासन कार्यालयको अनुमति आवश्यक पर्ने बताए । ‘चालकले वा अन्य कर्मचारीले कम्तीमा टाढा जाँदा अनुमतिपत्र लिनुपर्थ्यो तर किन लिएनन् थाहा भएन,’ उनले भने, ‘विगतमा नगरपालिकाले अनुमति लिने गरेको थियो ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x